ट्विटरमा प्रधानमन्त्री सुशील कोइरालालाई पछ्याउनेको संख्या दुई दिनमै २५ सय नाघेको छ।
बुधबार खुलेको ट्विटर अकाउन्ट बिहिबार १२ बजेसम्म २५ सय फलोअरले पछ्याएका छन् ।
यो अकाउन्टबाट अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मात्रै फलो गरिएको छ भने अहिलेसम्म तीनवटा ट्वीट गरिएको छ।
प्रधानमन्त्री कोइरालाको ट्वीटरबाट भनिएको छ, ‘देश र विदेशमा रहेका सम्पूर्ण नेपाली र हितैषीहरूमा टुइटर मार्फत अभिवादन।’
Tweets by @PM_Nepal