Breaking News

6/recent/ticker-posts

Header Ads Widget

बाढी थाहा पाउन सरकारको टोल फ्री नम्बर १११५


सर्वसाधारणलाई बाढीको पूर्वसूचना दिन सरकारले नि:शुल्क टोल फ्री सेवा सञ्चालन गर्ने भएको छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयमातहतको जल तथा मौसम विज्ञान विभागले जुन महिनादेखि यस्तो सेवा सुरु गर्न लागेको हो ।

विभागका महानिर्देशक डा. ऋषिराम शर्माले मनसुन सुरु हुने जुन (१ असार) देखि ११५५ नम्बरमा टेलिफोन गरी मुलुकभरका नदीमा पानीको सतह र बहावबारे जानकारी लिन सक्ने जानकारी दिए । नेपाल टेलिकमले विभागलाई उक्त नम्बर उपलब्ध गराइसकेको छ । थप अरू दुई टोल फ्री नम्बर पनि छिट्टै प्राप्त हुने शर्माले बताए ।

Post a Comment

0 Comments