सीता भवनमा रहेको प्रतिष्ठानमा नेपाली सेना, प्रहरी र भारतीय सेनाको सहयोगमा ‘कलाको उद्धार’ गरिएको कुलपति रागिनी उपाध्यायले बताइन्। उनका अनुसार राष्ट्रिय ललितकला प्रदर्शनीका कलाहरू पहिले नै निकालिएका र केही पुराना महत्त्व बोकेका चित्रकला शुक्रबार पूरै बाहिर निकालिएका हुन्।
उनले १ सय ७० चित्र, मूर्ति र अन्य कला सुरक्षित साथ भत्किएको भवनबाट बाहिर ल्याइएको बताइन्। यी सबै सिर्जना नेपाल सरकारको मातहतमा रहने रागिनीले सुुनाइन्। उनले स्टुडियोमा रहेका अरू सामग्री अझै निकाल्न बाँकी रहेको बताइन्।
0 Comments