महासचिव र्इश्वर पोखरेल नेतृत्वको महाभूकम्प पीडित उद्धार तथा राहत समन्वय समितिले ५० निर्वाचन क्षेत्रमा सय-सय जनाको स्वयंसवेक टोली पठाउने गरी निर्देशिका तयार गरेको छ ।
उद्दार तथा राहत समन्वय समितिले तयार गरेको निर्देशिकालाई आइतबार बस्ने पार्टी स्थायी कमिटी बैठकले पारितत गरेपछि एक महिना स्वयंसेवी अभियान शुरु हुने एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए ।
एमालेले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा १ सय जना विज्ञ सहितको टोलीलाई राहत, नवनिर्माण र जनसेवामा खटाउनेछ । टोलीमा निर्माण व्यसायी, इन्जिनियर, ओभरसियर, स्वास्थ्यकर्मी, पत्रकार, युवा विद्यार्थी र कलाकारहरु समेत रहनेछन् ।
केन्द्रीय सचिवालय सचिव प्रदिप ज्ञवालीले तयार पारेको निर्देशिकामा एमालेका सबै जनवर्गीय संगठन र पार्टीका विभिन्न निकायका कार्यकर्तालाई जनताको सेवामा एक महिना अनिवार्य खटाउने उल्लेख छ ।
जेठ १० गदेखि असार १० सम्म एमालेका कार्यकर्ता भूकम्प पीडित जनताको सेवामा अनिवार्य सहभागी हुनुपर्ने एमालेले निष्कर्ष निकालेको छ । तत्कालका लागि ५० निर्वाचन क्षेत्रमा कम्तिमा एक एक सयका दरले प्राबिधिक सहित ५ हजार कार्यकर्ता परिचालन गर्ने लक्ष्य राखिएको थापाले बताए ।
0 Comments