Breaking News

6/recent/ticker-posts

Header Ads Widget

माथिल्लो त्रिशुली आयोजनाका ३६ कामदार अझै भेटिएनन्


२४ वैशाख, रसुवा । भूकम्पमा ज्यान गुमाउनेको १२ औं दिनको काजकिरिया गर्दै गर्दा दाङ, सिमरिहा-२ का खोपेन्द्र ज्ञवाली भने त्यही दिनदेखि हराइरहेका भाइको किरिया बस्ने किन नबस्ने अन्योलमा छन् ।
हाकु-८ मैलुङस्थित निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशुली जलविद्युत आयोजनामा ओभरसियर रहेका काकाको छोरा केशवको अवस्था बुझ्न उनी एक साताअघि शान्तिबजार आइपुगेका हुन् ।
वैशाख १२ गते खाना खाएपछि केशवसहित अन्य कामदार आयोजनास्थलतर्फ र्फकँदै गर्दा सिंगो पहाड खरेर पुरिएको स्थानीय बताउँछन्, नागरिक दैनिकमा खबर छ ।
पहिरोमा परेर बाँचेकाहरु केही सम्पर्कमा आइसके । अझै थुप्रै यस्ता छन्, जो न सम्पर्कमा आएका छन् न त उनीहरुको शव नै फेला परेकेा छ । केशव वेपत्तामध्ये एक हुन् ।
नुवाकोट र रसुवाको सीमामा पर्ने यो ठाउँमा माथिल्लो त्रिशूली जलविद्युत आयोजनास्थलसम्म पुग्ने बाटो निर्माणको काम भइरहेको हो ।
पहिरोले बाटो पुरै पुरिएको छ, डोब समेत देखिन्न । त्यसदिन कति कामदार संलग्न थिए भन्ने जानकारी नभए पनि निर्माण ठेक्का पाएको जयन्ती कन्स्ट्रक्सनले ३६ जना कामदार र एक प्रहरी हराइरहेको भन्दै जिल्ला प्रशासन कार्यलयमा नामावली टिपाएको छ । यो संख्या थपिने क्रम जारी छ ।

Post a Comment

0 Comments