Breaking News

6/recent/ticker-posts

Header Ads Widget

पूर्व पोर्नस्टार सन्नी लियोनीलाई जेल सजायँ

मुम्बई । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीलाई जेल सजायँ हुने भएको छ । सेक्स भिडियोले समाजमा अश्लीलता फैलाएको आरोपमा उनीविरुद्ध परेको मुद्दा बोलियो ठानिएकाले कम्पतीमा पनि पाँच वर्षसम्म जेलसजायँ हुन सक्ने भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । उनीविरुद्ध दर्ता गरिएको मुद्दामा ठाणे पुलिसले भारतीय दण्ड संहिताको धारा 292, 292 A, 294 34​ महिला अधिनियमको ​अश्लील प्रतिनिधित्वको ​धारा ३ र ४​, र सूचना प्रौद्योगिकी अधिनियम २००० को धारा ६७ लगाएर कारबाही प्रक्रिया अगाडी बढाएको छ । ​
यो मुद्दामा धेरै अगाडी बढिसकेकाले सन्नी लियोनीलाई जेल सजायँ हुने थाणे साइबर सेलका प्रहरी अधिकारी बताउँछन् ।यद्यपी फैसला अदालतले गर्ने भएकाले अहिले केही भन्न सकिँदैन् । यदी अश्लीलता फैलाएको घटनामा अदालतले दोषी ठहर गरे सनी लियोनलाई पाँच वर्षको जेल सजायँ हुने बताइएको छ । हिट एण्ड रन केशमा यसअघि सलमानलाई पनि अदालतले पाँच वर्षको जेल सजाय सुनाइएको थियो । तर, उनी माथिल्लो अदालतको आदेशमा जमानतमा जेल जानबाट बचेका छन् । एजेन्सी

Post a Comment

0 Comments