बैशाख १२ गते गएको महाभूकम्पमा परेका पिडितहरुलाई राहत उपलब्ध गराउने उद्देश्यका साथ बैरेनी गल्छिमा घर भई हाल दुवई मा रहेका राज कुमार ढकाल र अष्ट्रेलियामा रहेका राज कुमार श्रेष्ठले साथीहरुको सहयोग लिएर राहतका लागि जुटाएको ५ लाख २५ हजार रकम श्री साकार कृषी सहकारी संस्था लि. तथा आर .एस .नेपाल संस्था मार्फत गाउँ गाउँ मा राहत सामग्री बितरण गरिएको सहकारीका अध्यक्ष सन्तोस अधिकारीले साकार खबर डट कम लाई बताउनु भयो । उक्त रकमहरु बैरेनी गा. बि. स. मा हालसम्म राहत नपुगेको ठाउ हरुमा बितरण गरिएको छ । वडा न. ८ को छत्तिवनटारमा ९० घर परिवारलाई प्रती परिवार एक बोरा चामल, त्रिपाल, दाल, नुन, मैनबत्ती, सलाई बितरण गरिएको छ भने वडा न. ४ कोइलिखर्कमा ९० घर परिवारलाई सोलार लाईट तथा दैनिक उपभोगय समग्री वितरण गरिएको थियो ।
0 Comments