Breaking News

6/recent/ticker-posts

Header Ads Widget

राहत कोषमा कसले कति दिए ?


काठमाडौ, वैशाख २३ - बैशाख १२ गते गएको भूकम्पपछि सहयोगस्वरुप विभिन्न व्यक्ति तथा संघसंस्थाले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको रकम करिब ४० करोड पुगिसकेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका अनुसार बैशाख १४ गतेदेखि २१ गतेसम्म ३९ करोड ७९ लाख बढी रकम जम्मा भएको छ ।

उद्दार कोषमा सरकारका तर्फबाट २ अर्ब जम्मा गरिएको थियो । कोषबाट हालसम्म गृह मन्त्रालयलाई मात्रै दुई अर्ब निकासा गरिसकिएको छ । उद्दार कोषमा सबैभन्दा बढी रकम भुटान सरकारबाट १० लाख अमेरिकी डलर जम्मा भएको छ । साथै, गोर्खा ब्रुअरीबाट १० करोड, शसस्त्र प्रहरीका तर्फबाट ६ करोड, साउदी अरबका राजकुमार अब्दुल बिन हमामका तर्फबाट १ करोड ३१ लाख, राष्ट्रिय बिमा संस्थानबाट १ करोड रुपैयाँ जम्मा भएको छ ।
उद्दार कोषमा मंगलबार सम्म कसले कति रकम जम्मा गरे सूची हेर्नुहोस् ।

Post a Comment

0 Comments