अन्य विकसित देशमा भूकम्प र त्यसका पराकम्प गएलगत्तै यस्ता तथ्यांक तत्काल वेबसाइटमै राखेर सार्बजनिक गर्ने गरिए पनि नेपालमा सार्बजनिक गर्ने चलन नभएकाले अनुसन्धानमा अप्ठेरो परेको भूगर्भविद बताउँछन् ।
‘डाँडाका घरहरु किन भत्किए भन्ने अहिले सबैको चासो छ,’ केन्द्रसँग ग्राउन्ड मोसन डाटाका लागि तोकता गरिरहेका एक विदेशी विश्वविद्यालयका प्राध्यापक एवं भूगर्भविदले आफ्नो नाम नछाप्न आग्रह गदर्ैै भने, ‘डाटा नै नपाएर हामीले पूर्ण विश्लेषण गर्न पाएका छैनौं ।
ती विज्ञका अनुसार त्यस्तो डाटा ‘मोडलिङ’ गरेर ‘वेभ ट्रान्सफर’ कति भयो भन्ने थाहा हुन्छ, जसका आधारमा माटो र चट्टान के कति दरले हल्लिएको भन्ने तथ्य थाहा हुने अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । त्यसबाट कुन कुन बस्ती र क्षेत्र जोखिममा छन् भन्ने पनि थाहा हुन्छ । ‘भूकम्प आएपछि कसरी हल्लाउँछ र घरहरु कसरी त्यसको जोखिममा पर्ने रहेछन् भन्ने थाहा लाग्छ,’ ती विदेशी विज्ञले भने ।
केन्द्रले तथ्यांक सार्बजनिक नगर्दा बिभिन्न देशका बिभिन्न विज्ञले अनुमानका भरमा विश्लेषण गर्ने हुनाले सही जानकारी नआउने अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटीका सहप्राध्यापक एवं जियोटेक्निकल इन्जिनियर विनोद तिवारीले बताए ।
0 Comments