Breaking News

6/recent/ticker-posts

Header Ads Widget

पर्यटनमन्त्री दीपकचन्द्र अमात्यद्वारा राजीनामा


७ जेठ, काठमाडौं । नागरिक उड्ययन तथा पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले बिहीबार राजीनामा दिएका छन् ।

तत्कालीन मन्त्री भीम आचार्यलाई फिर्ता बोलाएर एमालेले अमात्यलाई मन्त्री बनाएको थियो । तर, राजनीतिक नियुक्तिलाई दिएर पार्टीको नेतृत्वहरुबाट आएको दबावका कारण अमात्यले राजीनामा दिएका हुन् ।

अमात्यले पार्टी अध्यक्ष केपी ओलीलाई जानकारी गराएर प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा पत्र बुझाइसकेका एमाले उच्च स्रोतले बताएको छ ।

स्रोतका अनुसार मन्त्रालय अन्तरगतका पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, नागरिक उड्ययन प्राधिकरण लगायतका निकायमा हुने नियुक्तिका लागि पार्टी नेताहरुले मन्त्री आचार्यलाई दबाव दिँदै आएका थिए ।

स्रोतका अनुसार एमालेले नयाँ मन्त्रीको नाम सिफारिस गरेपछि मात्र अमात्यको राजीनामा स्वीकृत हुनेछ । एमालेमा नयाँ मन्त्रीका लागि कृपाशुर शेर्पा र सोमप्रसाद पाण्डको नाम चर्चामा छ ।

भ्ाोजपुर १ का सभासद शेर्पा अध्यक्ष केपी ओली निकट हुन् भने पाल्पा २ का सभासद पाण्डे एमाले नेता माधवकुमार नेपालका सम्धी हुन् ।

Post a Comment

0 Comments