गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएको गएको ७.८ रेक्टर स्केलको भूकम्प र त्यसपछि आएको लगातारको पराकम्पनले ५ लाखभन्दा बढी परिवारका घरहरु भत्किए । भण्डै ९ हजार मानिसको मृत्यु भयो । सगरमाथा आधार शिविर र लाङटाङ क्षेत्रमा मानवीयसहितको ठूलो क्षति भयो । पहाडमा ठूला ठूला पहिरो गएपछि हिमतालहरु फुट्ने हो कि भन्ने डर थियो ।
भूकम्प प्रभावित जिल्लाहरुमा धेरैवटा हिमताल भएता पनि मुख्य हिमताल तीनवटा छन् । तीमध्ये च्छो रोल्पा दोलखामा पर्छ भने इम्जा सोलुखुम्बुमा र ठूलाकी हिमताल मनाङमा पर्छ । यीमध्ये च्छो रोल्पा र इम्जा पहिलेदेखि नै खतराको सूचीमा थिए ।
यसरी बढ्दैछ इम्जा हिमताल
सोलखुम्बुमा पर्ने इम्जा हिमताल ५ हजार ५० मिटर उचाइमा छ । हिमाली क्षेत्रमा कसरी हिमतालको जन्म हुन्छ भन्ने अध्ययन गर्न इम्जाको इतिहास देर्हा रोचक तथ्य प्राप्त हुन्छ ।
सन् १९६२ मा सानो पोखरीजस्तो मात्र रहेको इम्जाको अहिलेको लम्बाइ २ किलोमिटरभन्दा बढी छ भने ५/६ सय मिटर चौडा छ । ४६ मिटरभन्दा बढी गहिरो यो तालमा ४ करोड घनमिटरभन्दा बढी पानी छ ।
दोलखामा रहेको च्छो रोल्पा हिमतालमा केही वर्ष पहिला नै ७ करोड ६० लाख घनमिटर पानी जमेको थियो । तर, भूकम्पपछि मे १७ मा प्राप्त स्याटेलाइट तस्वीरमा च्छो रोल्पा पनि सुरक्षित देखिएको छ । यद्यपि च्छो रोल्पालाई यसअघि नै विज्ञहरुले फुट्ने खतरामा रहेको हिमतालका रुपमा लिँदै आएका थिए ।
भूकम्पलगत्तै हेलिकोप्टरमा गएका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले समेत च्छो रोल्पा सुरक्षित रहेको बताएका थिए ।
मनाङ जिल्लामा पर्ने ठूलाकी हिमतालको स्याटलाइट तस्वीर मे ३ मा प्राप्त भएको छ । विज्ञ बज्राचार्यका अनुसार ठूलाकी तालमा माथिबाट साना साना पहिरो आएका छन् । तर, ताल भने फुटेको छैन ।
तर, भूकम्पपछि प्राप्त स्याटलाइट तस्वीरहरुले यी तीनवटै हिमताल सुरक्षित रहेको देखिएको छ । ‘भूकम्प आउनासाथ ल अब के भयो भन्ने भएको थियो’ हिमतालबारे लामो समयदेखि अध्ययनरत इसिमोडका विशेषज्ञ सम्ज्वल बज्राचार्यले अनलाइनखबरसँग भने-अप्रिल २८ मा तस्वीर पाउँदा इम्जा इन्ट्याक्ट (यथावत) छ । केही भएको छैन भन्ने थाहा पाएपछि ह्वी आर हृयापी ।’
यस कारण फुटेनन् हिमताल
विनाशकारी भूकम्प आएको समयमा हिमतालहरुको हिउँ पग्लिएको थिएन । धेरै हिउँ नपग्लिएका कारण भूकम्पले यी हिमतालमा कम क्षति पुर्याएको विज्ञहरुको तर्क छ ।
सामान्यतया तापक्रम बढेर मार्च अन्तिमबाटै हिमतालहरुको हिउँ पग्लन सुरु हुन्थ्यो । तर, यो वर्ष अप्रिल अन्तिमसम्म पनि हिउँ पग्लिएको छैन । यसको कारण हो, हिमालय क्षेत्रको तापक्रम वृद्धिमा ढिलाइ हुनु ।
गत अक्टोबरमा हुदहुद आँधी आयो, जसले उच्च हिमाली क्षेत्रमा हिमपात भयो र तापक्रम बढ्न पाएन । त्यस्तै नोभेम्बर र डिसेम्बरमा पनि पानी पर्यो र अहिले पनि पानी परिरहेको छ, जसका कारण तापक्रम बढ्न पाएन र हिमतालमा पानीको मात्रा बढ्न पाएन ।
‘यदि हिउँ पग्लिएर हिमतालमा पानी भरिएको भए छचल्किएर बाहिर जान सक्थ्यो र ताल फुट्न सक्थ्यो, तर, तालमा हिउँ नै भएकाले छचल्किन पाएन’ बज्राचार्यले भने ।
तर, केही हिमतालहरु छेक्ने ‘मोरेन’हरुमा पहिरो आएर छेकेको उनले बताए ।
खतरा सरेको मात्रै हो, टरेको होइन
भूकम्पले तीन ठूला हिमाताल फुटेनन् । तर, यसले खतरा भने टरेको छैन । स्याटलाइट तस्वीरहरुमा ताल सुरक्षित देखिएको छ । तर, ताललाई छेक्ने मोरेनहरुको अवस्था कस्तो छ भन्ने अझै प्रष्ट भएको छैन ।
‘इम्जासहितका हिमताल सेभ छन् भनेर हामीले स्याटेलाइट तस्वीरका आधारमा भनेको हो’ बज्राचार्यले अनलाइनखबरसँग भने-हाम्रो समस्या भनेको बाहिरबाट हेर्दा ठीक छ । तर, मोरेनको वास्तविक अवस्था कस्तो छ भन्ने फिल्डमा गएर हेर्न आवश्यक छ ।’
विज्ञका अनुसार वर्षायाममा हिमतालमा पानी बढ्ने भएकाले भूकम्पपछि मोरेनहरुमा चिरा परेको छ कि छैन भन्ने वर्षायाम अगावै अध्ययन गर्नुपर्छ । अन्यथा वर्षायाममा पानी बढेपछि पहिलेको सेगमेन्टले धान्छ कि धान्दैन भन्न सकिन्न ।
1 Comments
The dealer asks for insurance coverage bets earlier than the first participant performs. Insurance bets of as much as} half the participant's current guess are placed on the "insurance coverage bar" above participant's playing cards. In most casinos, the dealer appears at the down card and pays off or takes the insurance coverage guess immediately. In different casinos, the payoff waits till the end of the play. According to popular myth, when Vingt-Un ("Twenty-One") 솔카지노 was introduced into the United States , playing homes provided bonus payouts to stimulate gamers' interest.
ReplyDelete