उद्योग मन्त्रालयले भूकम्प पतिरोधी घर बनाउन सिकर्मी, डकर्मी, प्लम्बरलगायतको तालिम दिन लागेको हो । ‘अहिले तालिमको मोडालिटी बनिरहेको छ,’ मन्त्री बस्नेतले भने, ‘सकेसम्म चाँडै तालिम सञ्चालन गर्नेछौं ।’ तालिम क-कसलाई कहाँ दिनेलगायतको मोडालिटी बनाउने गृहकार्य भइरहेको उनले बताए ।
युवालाई कपाल काट्ने तालिमको व्यवस्थासमेत गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिए ।
0 Comments