वैशाख, काठमाडौं । शनिबारको भूकम्प र त्यसपछिको पराकम्पनका कारण धेरै मानिसहरु फेरि खुला आकाशमुनि बस्न आएका छन् ।
संविधानसभा भवन बाहिरको चौरदेखि सडकको किनारमा समेत मानिसहरु बसेका छन् । राति ८ बजे संविधानसभा भवन पुग्दा मानिसहरु त्यहाँ पाल टाँग्ने तयारीमा थिए भने केही खुला आकासमुनि सुतिरहेका थिए । बालबालिकाहरुमा समेत भूकम्पको त्रास देखिन्थ्यो ।
त्यस्तै बानेश्वरदेखि माइतीघरसम्मको फराकिलो सडकमा दुईतर्फ रहेको बगैंचामा पनि मानिसहरु सुतेका छन् । केही भने गाडी सडक किनारमा राखेर त्यहीँ सुतिरहेका छन् । केही भने माइतीघर मण्डलामा बसिरहेका छन् ।
0 Comments