Breaking News

6/recent/ticker-posts

Header Ads Widget

भारतलाई पाकिस्तानको जवाफ


इस्लामाबाद (सिन्ह्वा), जेष्ठ ११ - भारतीय रक्षामन्त्रीको आतंकवादसम्बन्धी हालैको अभिव्यक्तिको पाकिस्तानले कडा विरोध गरेको समाचार छ। भारतीय रक्षामन्त्री मनोहर परिकारले बिहीबार भारतमा आतंकवादी हमला गर्ने वा दु:ख दिने विदेशीहरूलाई भारतले पनि आतंककारीहरूकै प्रयोग गरी प्रतिकार गर्ने अभिव्यक्ति दिएका थिए।

उक्त भनाइप्रति आपत्ति जनाउँदै पाकिस्तानले आतंकवादजस्तो साझा समस्याका विरुद्धमा छिमेकी देशका रूपमा संयुक्त रूपमा लड्नुपर्नेमा यस्तो धारणा आउनु दु:खद भएको बताएको छ। पाकिस्तानको राष्ट्रिय सुरक्षा एवम् विदेश मामिलासम्बन्धी सल्लाहकार सर्ताज अजिजले भारतीय रक्षामन्त्रीको उक्त भनाइप्रति गम्भीर चासो व्यक्त गरेका हुन्। ‘मलाई लाग्छ भारतीय रक्षामन्त्रीको यो अभिव्यक्ति पाकिस्तानलाई नै लक्ष्य गरेर वा अनुमान गरेर आएको हुनुपर्छ, जुन दु:खद छ,’ उनले भनेका छन्।

परिकारको उक्त भनाइको भारतमै पनि विरोध भएको थियो। उक्त भनाइलाई भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले भने सामान्यीकरण गर्न खोजेका थिए।

‘भारतको इतिहासमा त्यहाँका निर्वाचित सरकारका मन्त्रीले यसरी अर्को कुनै अमुक देशलाई ठीक पार्न आफै‌ले आतंकवादीको प्रयोग गर्छु भनेको यो नै पहिलो घटना हुन सक्छ,’ अजिजद्वारा प्रकाशित विज्ञप्तिमा छ, ‘हामी त भारतसँग एक राम्रो कूटनीतिक सम्बन्धको बाटोमा छौं र आगामी दिनमा पनि हामी भारतलाई एक असल छिमेकी देशका रूपमा व्यवहार गर्न चाहेका छौं।

Post a Comment

0 Comments