भूकम्पग्रस्त १४ जिल्लामा स्थलगत भ्रमण गरी काठमाडौ फर्केका सभासद तथा केन्द्रीय सदस्यहरुले शुक्रबार प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई लिखित रुपमा सुझाव दिएका हुन् । उनीहरुले सिन्धुपाल्चोक, दोलखा, गोरखा लगायत केही ठाउँमा बस्ती नै असुरक्षित रहेको भन्दै जोखिमपूर्ण वस्तीलाई तत्कालै जिल्लाकै सुरक्षित ठाउँमा या तराईमा सार्न सुझाव दिएको राजधानी दैनिकमा खबर छ ।
त्यस्तो ठाउँमा एकीकृत बस्ती बसाउन पनि उनीहरुले सुझाव दिएका छन् ।
नयाँ ठाउँमा बस्ती बसाउँदा खाली भएका बस्तीलाई संरक्षित क्षेत्र बनाउन पनि पार्टीलाई सुझाव दिएका छन् । संरक्षित क्षेत्रमा सुरक्षित बस्ती बनाउन सकिने उनीहरुको भनाई छ । वर्षायाम सुरु हुनअघि नै असुरक्षित बस्तीलाई सुरक्षित स्थानतिर बस्ती सानुपर्ने तर्क उनीहरुले राखेका छन् ।
सिक्नुपाल्चोक, दोलखा, गोरखालगायतका केही जिल्लामा तत्कालै बस्ती सार्नुपर्ने सुझाव दिएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।
0 Comments