अनेरास्ववियुले धादिङको थाक्रेमा भुकम्पबाट क्षतिग्रस्त बनेको बाराही प्रा.वि. पुनःनिर्माण गरेको छ । अनेरास्ववियुकी सचिव राधिका खतिवडा नेतृत्वको टोलीले अस्थायी टहरा निर्माण गरेको हो । ‘विद्यार्थी विद्रोहका प्रतिबिम्व मात्र होइनन् निर्माण र सिर्जनामा पनि विद्यार्थीहरू उत्तिकै तल्लिन छन् भनेर प्रमाणित गर्न हामीले विद्यालय निर्माण गरेका हौँ’ खतिवडाले नेपालपाटी डटकमसँग भनिन् ‘हाम्रो अभियान जारी छ ।’
भूकम्प पीडितहरूको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन तथा क्षतिग्रस्त संरचना निर्माणका लागि अनेरास्ववियुले १२ वटा टीम बनाई करिव ५० हजार कार्यकर्ता देशभर परिचालन गरेको छ । त्यसमध्ये खतिवडाको टोलीले धादिङ जिल्लाका क्षतिग्रस्त संरचना पुनः निर्माणमा सघाउने उनको भनाई छ ।
0 Comments