सिके राउतलाई म मेरा शव्द धेरै वर्वाद पार्न चहान्न । सिके राउत जसरी मुख छाडेर बोल्न पनि चहादीन किन भने म मेरो शव्द राम्रो स्थानमा प्रयोग गर्न चहान्छु । च्याउ जस्तै उम्रेका अनलाईन पत्रिकाहरुले किन स्थान दिन्छन् होलान् । सधै संचार माध्यमले आफ्नो नामको लागि मात्र होइन व्यवसायीक पनि हुनुपर्छ । तपाईहरुलाई थाहा नै छ । अहिलेको अवस्था हिंसा भड्काउने होइन । हिंसा व्यवस्थापन गर्न पनि जान्नु पर्छ । सिके राउत र सरिता गिरी जस्ता छेपारोहरुलाई संचार माध्यममा आउनलाई एक न एक काण्ड मच्चाई रहनु पर्छ ।
सोध्न चहान्छौ सिके राउतलाई मधेश र पहाड छुट्याउने हैसियत कसले दियो ? तराईको छातीमा बसेर गर्जीने हक सिकेको सहास कहाँबाट आयो ? तराई होस् वा पहाडी महिला नेपाली हुन् । कहिले नेपाली आमालाई रण्डी भन्ने कहिले पहाडी महिलालाई वेश्या भन्ने । ति महिला कसरी वेश्या भए ? नेपाली आमा कसरी रण्डी भईन् ? जसलाई रण्डी र वेश्याको सम्वोधन सिके राउतले गरे । उसैको कोखबाट हुर्केर अहिले सिके राउत यो अवस्थामा पुगेको हो । यसकै कोखमा हुर्केको सिके राउतलाई अब समयले के सम्वोधन गर्छ । त्यो समयले नै बताउछ । सोध्न चहान्छु । वेश्यासँग सुत्ने पुरुष चाही को हो ? के हो ? नेपाली आमा रण्डी हुन् भन्ने सिके राउत तिम्री आमा चाही को हुन् ? रण्डीबाट जन्म लिएका सबै नेपाली को हुन् ? ति रण्डी र वेश्यासँग सुत्ने तिम्रो वुवा अर्थात पुरुष को हुन् ? प्रश्न सोध्ने बेला आयो ।
वेश्या भन्नेहरु तिनीहरुलाई वेश्या बनाउने को हो ? बुझ्न सक्छौ ? तिमी जस्तै सोच भएका व्यक्तीको अयासीमा जन्मेका ति लालावाला हुर्काउन पनि उनीहरु वेश्या बनिरहेका छन् । आफ्नो शरिर बेचेर उनीह्रु प्रत्येक दिन सिके राउत जस्ता भावना भएकाहरुबाट सिकार भईरहेका छन् । अरु केही भन्दीन । साँच्चै वेश्याको अर्थ बुझ्न चहान्छौ भने एक छिन आफ्नो आमालाई बुझ । सबै प्रश्वको जवाफ मिल्छ । आफ्नो श्रीमती र सन्तानको सम्मान गर्न नसक्ने सिके राउत के नेपाली आमाको सम्मान गर्न सकौला ? आफ्नो परिवारलाई इज्जत दिन नसकन्ेले के नेपालीको अस्मीताको सुरक्षा गर्ला ? किन बुझ्दैनौ हामी नेपाली ? जसलाई तपाई साथ दिनु हुन्छ पहिला बुझ्नुस को हो ? के हो ? अनि त्यसको पछि लागेर नारा लगाउनुस्
इतिहास साछी छ । प्रत्येक नेपाली कत्तीको स्वाभीमानी छ भनेर । नेपालीको स्वाभीमानमा केही आँच आएमा के हुन्छ ? इतिहास पढेर बोल । अहिले देश विपत्तीको अवस्थाबाट गुज्रीरहेको बेला धेरै न बोले हुन्छ । ध्यूमा आगो थप्ने काम नगर । पहाड फुटेको बेला तराईले छाती थापेको छ । तराई रुझेको बेला पहाडले पुछेको कुरा सिके राउतलाई थाहा छ ?
यदी सिके राउत साच्चै देश भक्ती हो भने विपत्तीमा परेको बेला रण्डी, वेश्या भनेर स्यालको दुलोबाट कराउनु पर्दैन । वुद्धी भएर वैज्ञानिकको नाम धारण गरेको हो र युवा इन्जिनियर पुरुस्कार, महेन्द्र विद्या भुषण, कुलरत्न गोल्ड मेडल लगायतका पुरुस्कार पाएको हो भने देखाउ तिम्रो क्षमता र विपत्तीमा परेको देशमा मल्हम लगाउने काम गर । चोट पुर्याउने काम नगर । म पनि तराईवासी हो । प्रकृतिले न तराई हेर्छ न पहाड हेर्छ । न धनी हेर्छ न गरिव । न वैज्ञानिक हेर्छ त मूर्ख । न मधेशी हेर्छ न पहाडीया । अहिले देश टुक्राउने र गाली गलौज गर्ने वेला होइन । विद्धान भनेर विद्धवत्त प्राप्त गर्नेको नाममा कलकं नबनुस् ।
देवकी बिष्टको ब्लगबाट
0 Comments