चेन्नइले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य दिल्लीले १६ दशमलव ४ ओभरमा मात्र चार विकेटको क्षतिमा भेट्टायो । दिल्लीका श्रेयस आइएरले नटआउट ७० तथा युवराज सिंहले ३२ रन बनाए । चेन्नइका इश्वर पाण्डे र पवन नेगीले दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १ सय १९ रन बनायो । चेन्नइका फेफ डु प्लेसिसले २९, कप्तान महेन्द्र सिंह धोनीले २७, डवेन स्मिथले १८ तथा ब्रेनडम म्याकुलम र सुरेश रैनाले समान ११ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । हारपछि पनि शीर्ष स्थानमा रहेको चेन्नइको १३ खेलबाट १६ अंक छ भने १३ खेलबाट १० अंक जोडेको दिल्ली भने सातौं स्थानमा छ ।
0 Comments