सम्झौता अनुसार अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट समाजको महासंघ आइएफआरसीको सहयोगमा जडान हुने र सञ्चालनमा आउने यो प्रणालीले प्राकृतिक विपत्तीको सम्भावना भएका वा विपत्तीमा परेका नेपाल टेलिकमका उपभोक्ताको मोवाइल फोनमा आवश्यक जानकारी सहितको एसएमएस निरन्तर रुपमा पठाउने छ ।
बाढी–पहिरो, खाद्य असुरक्षा, विभिन्न प्रकारका रोगब्याधी, भूकम्प आदिसँग सम्बन्धित सूचना गृह मन्त्रालय तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा तयार गरी विपत्ती हुनु अगावै, विपत्तीको समयमा र विपत्ती पश्चात पठाइने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । प्रारम्भमा यो प्रणाली कोशी नदी किनाराका बासिन्दा तथा भूकम्पपीडित गरी ११ लाख जनसंख्यालाई जानकारी उपलब्ध गराउनका लागि छिट्टै नै प्रयोगमा ल्याउन लागिएको छ । सम्झौता पत्रमा सोमबार नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महामन्त्री देव रत्न धाख्वाले हस्ताक्षर गर्नुभयो ।प्रबन्ध निर्देशक आचार्यले विपतको समयमा उपयुक्त सूचना आवश्यक हुने र यो सम्झौतापछि त्यो आवश्यकता पूूरा हुने विश्वास ब्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री धाख्वाले यो सम्झौतासँगै नेपाल रेडक्रस सोसाइटी नेपाल टेलिकमका साथ सामाजिक कार्यमा संलग्न हुन पाएकोमा खुसी ब्यक्त गर्दै यसबाट सोसाइटीको जिम्मेवारी बढेको बताउनुभयो ।
नेपाल टेलिकम, व्यापार व्यवस्थापन विभागका नायब प्रबन्ध निर्देशक सुभाषचन्द्र साहले यो प्रणालीको संचालनबाट कम्पनीका जिएसएम मोवाइल फोनका ग्राहकले निःशुल्क रुपमा प्राकृतिक विपत्तीको सूचना प्राप्त गर्ने बताउँदै गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प पश्चातको राहत तथा उद्धार कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्न समेत यसको उपयोग गरिने जानकारी दिनुभयो ।
0 Comments