पञ्जावले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य पछ्याएको चेन्नइले १६ दशमलव ५ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो । चेन्नइका फेफ डु प्लेसिसले ५५, सुरेश रैनाले नटआउट ४१ तथा कप्तान महेन्द्र सिंह धोनीले नटआउट २५ रन बनाए । पञ्जावका सन्दीप शर्मा, व्युरेन हेन्रिक हेन्ड्रिक्स र ऋषी धवनले एक एक विकेट लिए । यसअघि मोहालीमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रन बनायो । पञ्जावका अक्षर पटेलले ३२ तथा ऋषी धवनले नटआउट २५ रन बनाए ।
चेन्नइका पवन नेगीले दुई विकेट लिए । जितपछि शीर्ष स्थानको चेन्नइको १४ खेलबाट १८ अंक भएको छ । पुछारमा रहेको पञ्जावको भने समान १४ खेलबाट मात्र ६ अंक छ ।
0 Comments