हिमानीले शनिबार धादिङ जिल्लाको सर्तापु गाउँका अति प्रभावित पाँच सय परिवारलाई जस्तापाता वितरण गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फडी पाठकले जानकारी दिए ।
‘शनिबार हिमानी ट्रष्टमार्फत पूर्वयुवराज्ञी हिमानी शाहले भूकम्पबाट अति प्रभावित पाँच सय परिवारलाई जस्तापाता वितरण गरिबक्सदैछ’, पाठकले भने ।
जस्तापाता आफै लिएर शनिबार बिहान सात बजे हिमानी धादिङ प्रस्थान गर्दैछिन् । उनले सर्तापु गाउँका पाँच सय परिवारलाई एक बण्डलका दरले उपलब्ध गराउनेछिन् ।
गत मंगलबार र वैशाख १२ गतेको भूकम्बाट धादिङ जिल्लामा अत्याधिक क्षति भएको थियो ।
यसअघि पनि हिमानी ट्रष्टले भक्तपुरका भूकम्पपीडितहरूलाई खाद्यान्न, लत्ताकपडालगायतका सामान उपलब्ध गराइसकेको छ ।
0 Comments