Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गेलको आँधीमा उड्यो पन्जाब


२४ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले किङ्ग्स इलाभेन पन्जाबमाथि १३८ रनको शानदार जित हात पारेको छ ।
२२७ रनको लक्ष्य पछ्याएको पन्जाब १३.४ ओभरमा ८८ रन जोड्दा अलआउट भयो । पञ्जाबको पुरै टीमले क्रिस गेल एक्लैले बनाएको रन जति पनि बनाउन सकेनन् ।

अक्षर पटेलले अविजित ४० रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । रिद्धिमान शाह १३ रन बनाए भने अन्यले दोहोरो अंक नै जोड्न सकेनन् ।

पन्जाबलाई सस्तैमा समेट्ने क्रलमा मिचेल स्टार्क र श्रीनाथ अरविन्दले ४–४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले क्रिस गेलको शतकको मदतमा २० ओभरमा ३ विकेट गुमाएर २२६ रन बनाएको थियो ।

उसका लागि गेलले ११७ रन बनाए । ५७ बलको सामना गरेका उनले १२ छक्का र ७ चौका हाने । एबी डिभिलियर्स ४७ रनमा अविजित रहे । विराट कोहलीले ३२ रन बनाए ।

Post a Comment

0 Comments