वैशाख ३१ – आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार राती भएको खेलमा किंग्स इलेभेन पंजाब विजयी भएको छ । प्रतियोगिता अन्तर्गत अंक तालिकाको पुछारमा रहेको पंजाबले बैंगलोरलाई २२ रनले पराजित गरेको हो । वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा पंजाबले दिएको १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको बैंलोरले निर्धारीत १० ओभरमा ६ विकेट गुमाउदै मात्र ८४ रन बनाउन सक्यो ।
बैंलोरका लागि मन्दिप सिंहले २०, कप्तान विराट कोहलीले १९ र क्रिस गेलले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । पंजाबका अनुरित सिंह र अक्सर पटेलले २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पंजाबले निर्धारीत १० ओभरमा ६ विकेट गुमाउदै १ सय ६ रनको योगफल तयार पारेको थियो ।
पंजाबका लागि रिद्धिमान साहले सर्वाधिक ३१ र अक्सर पटेलले २० रन बनाए । बैंलोरका हर्सल पटेल र युजभेन्द्र चाहलले समान २–२ विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेको पंजाबले सान्त्वना जित हात पारेको छ । जितसँगै पंजाबको १३ खेलमा ६ अंक भएको छ । हारपछि बैंलोरको प्लेअफ खेल्ने संभावनामा धक्का लागेको छ । १२ खेलमा १३ अंक जोडेको बैंलोर अंक तालिकाको पाचौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा कोलकता र मुम्बई बीच प्रतिस्पर्धा हुनेछ ।
0 Comments