Breaking News

6/recent/ticker-posts

Header Ads Widget

संविधान सभा भित्र पाल पुगेपछि...


काठमाडौ, वैशाख ३० - भुकम्पपीडित सर्वसाधारणले नपाईरहेका बेला संविधान सभा भित्र पाल वितरण हुन थालेपछि संविधान सभाका अध्यक्ष सुवास नेम्बाडले त्यसलाई तत्काल रोक लगाएका छन् । शहरी विकास मन्त्रालयको निर्णयअनुसार सभासद्हरुलाई एक एक वटा पाल संविधान सभा भवन भित्रै लगेर वितरण गर्न सुरुवात गरिएको स्रोत जनाएको छ ।

सर्वसाधारणलाई वितरण गर्नुपर्ने पाल सभासद्हरुलाई दिन थालिएपछि एमाले उपाध्यक्ष भिम रावल लगायतका नेताहरुले त्यसलाई अवस्वीकार गर्दै तत्काल रोक्न संविधान सभा अध्यक्षको ध्यानाकर्षण गराएका थिए । उक्त सूचना पाउने वित्तिकै संविधान सभा अध्यक्ष नेम्बाडले रोक लगाएको संविधान सभा सचिवालय सहप्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिए । स्रोतका अनुसार केही सभासद्हरुले यसअघि नै पाल बुझिसकेका थिए ।

‘जनतालाई वितरण गर्नुपर्ने पाल संविधान सभा भित्र ल्याएको रहेछ त्यसलाई हाम्रो पार्टीले तत्कालै अब्जेक्सन गरी संविधान सभा अध्यक्षको ध्यानाकर्षण गराएको छ’ एमाले उपाध्यक्ष रावलले भने,’जसले गरे पनि यो गलत कार्य हो, सबै भन्दा पहिले जनतालाई राहत सामग्री पुऱ्याउनुपर्छ ।’

Post a Comment

0 Comments