Breaking News

6/recent/ticker-posts

Header Ads Widget

सलमानलाई मिल्यो राहत


बलिउड नायक सलमान खानलाई दिइएको ५ बर्षको जेल सजायँ अहिले मुम्बइको उच्च न्यायलमा पुगेको छ । उच्च न्यायलयले सलमानलाई २ दिनका लागि भएपनि राहत दिएको छ ।

सलमानलाई मुम्बइको सेसन कोर्टले सुनाएको ५ बर्षको सजायँको पूर्ण पाठ प्राप्त नभएकाले उनलाई २ दिनका लागि अन्तरिम जमानतमा छोडिएको हो । अब, यसको फैसला ८ तारिख अर्थात शुक्रबार मात्र हुनेछ ।

मुम्बइको उच्च न्यायलयले अन्तरिम जमानत दिएपछि सलमानलाई थोरै भएपनि राहत मिलेको छ । उनलाई ८ तारिख भन्दा अगाडि जेल जानु पर्ने छैन ।

सेसन कोर्टले ५ बर्षको सजायँ सुनाएपछि सलमान आफ्ना वकिलको साथमा उच्च न्यायलय पुगेका थिए । उच्च न्यायलमा सलमानलाई जमानतमा छाड्न आग्रह गरिएको थियो ।

सलमानलाई जमानत दिने वा नदिने भन्ने बिषयमा अब ८ तारिखमा मात्र फैसला हुनेछ । यसअघि सलमानलाई सेसन कोर्टले ५ बर्षको जेल सजायँ सुनाएपछि उनलाई अर्थरोड जेल लगिने बताइएको थियो ।

Post a Comment

0 Comments