Breaking News

6/recent/ticker-posts

Header Ads Widget

डेढ शताब्दी पुरानो दरबार चर्कियो


१ जेठ, इलाम । वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण जिल्लाकै सबैभन्दा पुरानो अड्डा चर्किएर काम नलाग्ने अवस्थामा पुगेको छ ।

विसं १९२० मा बडाहाकिम गजराजसिंह थापाको पालामा निर्माण भएको जिल्ला प्रशासनको डेढ शताब्दी पुरानो भवन चर्किएर बस्नै नहुने अवस्थामा पुगेको हो ।

उक्त भवनबाटै जिल्ला प्रशासनबाट सम्पादन हुने कार्य सञ्चालन भइरहेको थियो ।

भवन जताततै चर्किएपछि अघिल्तिर रहेको एक तले भवनबाट सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताए ।

राणाकालीन भवनबाट राहदानी, नागरिकता, मुद्दा, सङ्घसंस्था, दर्ता चलानी, अनुसन्धानलगायत सबै काम हुँदै आएको थियो ।

Post a Comment

0 Comments