Breaking News

6/recent/ticker-posts

Header Ads Widget

तुना बाँध्नै गाह्रो

काठमाडौ, जेष्ठ १४ - मिर खानको अर्को नाम हो— मिस्टर पर्फेक्सनिस्ट। कुनै पनि फिल्मी चरित्रमा घुसेर अभिनय गर्ने मात्रै होइन, ठ्याक्कै त्यस्तो देखिन उनी हरसम्भव उपाय अपनाउने गर्छन्।
पछिल्लो उदाहरण बनेको छ पहलमानको चरित्र। आमिरले ‘दंगल’ का लागि तौल बढाउनु बढाएका छन्। त्यो फिल्ममा उनी कुस्तीवाजको भूमिकामा देखिँदै छन्। अहिले उनको वजन पुगेको छ झन्डै सय किलो।
‘मेरो तौल यति बेला पन्चानब्बे किलो भएको छ, जुन मेरो त्यो चरित्रको हिसाबले ठीक छ,’ उनले भने, ‘एकदम मोटाएका कारण सास फेर्न पनि गाह्रोगाह्रो हुन थालेको छ। जुत्ताको तुना बाँध्ने बेला पेट बीचमा आउँछ। त्यो काम सकेको बीस सेकेन्डपछि लामो सास फेर्नुपर्ने हुन थालेको छ।’
पहलमानी तौलले उनलाई मात्र होइन, परिवारलाई पनि सास्ती दिइरहेको छ रे। ‘मेरी आमा पत्नी मेरो स्वास्थ्यलाई लिएर निकै चिन्तित छन्,’ उनले भने, ‘मैले आफ्नो शरीरसँग खेलबाड गरेको उनीहरूको ठम्याइ छ। लाग्न त मलाई पनि त्यस्तै लाग्छ।’ ‘दंगल’ को सुटिङ सकिएपछि तौल घटाउने योजना रहेको उनले सुनाए।

Post a Comment

0 Comments