उनलाई रक्सी खाएर गाडी चलाएको पनि अभियोग लगाइएको थियो । बुधबार नै सेसन कोर्टका न्यायाधीश डीडब्ल्यु देशपाण्डेले उनलाई दोषी ठहर गरेका थिए । दोषी ठहर भएपछि अदालतमा रोएका सलमान पछि अदालतबाट निस्केर आफ्नो घर पुगेका थिए । सजाय भोलि सुनाउने भनिए पनि केहीबेर अघि न्यायाधीशले ५ वर्षको सजाय सुनाए ।
याे सजायमाथि उनले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् । अदालतकाे फैसला पछि उनलार्इ नियन्त्रणमा लिइएकाे छ । उनलार्इ बुधबार नै पुनाकाे अार्थर जेलमा पठाउने बताइएकाे छ । धराैटीका लागि उनले मुम्बइ उच्च अदालतमा अपिल गर्न सक्नेछन् ।
सलमानको ल्यान्डक्रुजरले फुटपाथमा सुतिरहेकालाई किच्दा १ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । सलमानका ड्राइभरले गाडी आफूले चलाएको दावी गरे पनि अदालतले उनको जिकिरलाई स्वीकार गरेन । न्यायाधीशले सलमानले नै गाडी चलाएको पुष्टि भएको फैसला सुनाएका थिए ।
याे मुद्दामा २७ साक्षी पेश गरिएकाे थियाे, जसमा घाइते, दुर्घटनाका साक्षी, तिनकाे उपचार गर्ने डक्टर, त्यसमा रात सलमान गएकाे बारमा काम गर्ने युवा, परिक्षणका लागि सलमानकाे रगत लिने डाक्टर लगायत थिए ।
फैसला सुनाइएकाे इजलासमा वकिल, मिडीया र अदालतका कर्मचारीलार्इ मात्र प्रवेश दिइएकाे थियाे । ठूलाे संख्यामा सलमानका समर्थक अदालत बाहिर उपस्थित थिए ।
उनीमाथि राजस्थानकाे अदालतमा अरू दुर्इ मुद्दा पनि छन् । १९९८ मा हरिणकाे अवैध शिकार गरेकाे र अवैध हतियार राखेकाे मुद्दा उनीमाथि चलिरहेकाे छ ।
0 Comments