हारसँगै कोलकत्ता भने लिग चरणबाटै बाहिरिने सम्भावना बढी छ । कुनै ठूलै चमत्कार भएमात्र कोलकत्ता प्ले अफमा पुग्न सक्नेछ ।
शनिबार राति मुम्बईको ब्रेबोर्न स्टेडियममा पहिले ब्याटिङ गरेको राजस्थानले शेन वाट्सनको शतकको मदतमा २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनायो ।
वाट्सनले अविजित १०४ रनको पारी खेले । ५९ बलको सामना गरेका उनले ९ चौका र ५ छक्का हाने । अजिन्क्या रहाणेले ३७ रन बनाए ।
आन्द्रे रसेलले ३ विकेट लिए भने उमेश यादवले एक विकेट हात पारे ।
जवाफमा मैदान उत्रिएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो ।
उसको सुरुवात खराव रह्यो । टीमको स्कोर ८ रन हुँदा ओपनर गौतम गाम्भीर १ रनमा आउट भए । रोविन उथप्पा पनि व्यक्तगत १४ रनमै आउट भए, जतिबेला टीमको स्कोर २१ थियो ।
युसुप पठानले ४४ र आन्द्रे रसेलले ३७ र मनिष पाण्डेले २१ रन जोडे । उमेश यादव २१ रनमा अविजित रहे ।
राजस्थानका क्रिस मोरिसले ४ विकेट लिए भने धवन कुलकर्नी र शेन वाट्सनले २–२ विकेट लिए ।
0 Comments