पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक हुन बाँकी छ । स्वीट्जरल्याण्डको ज्युरिचस्थित एक होटलबाट उनीहरुलाई पक्राऊ गरिएको बीबीसीले जनाएको छ ।
वर्षेनी हुने फिफाको बैठकमा सहभागी हुन ज्युरिच पुगेका बेला उनीहरु पक्राउ परेका हुन् । यो बैठकबाट फिफाका अध्यक्ष सेप बाल्टर पाँचौंपटक अध्यक्षमा चुनिने तयारी थियो ।
अमेरिबामा भ्रष्टाचार गरेको आरोपमा उनीहरुलाई स्वीस प्रहरीले पक्राउ गरेको बताइएको छ । पछिल्लो २० वर्षदेखि उनीहरुले पैसा बाहिर पठाउने गरेको आरोपमा उनीहरुलाई पक्राऊ गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमा जनाइएको छ ।
न्युयोर्क टाइम्सका अनुसार उनीहरुलाई सादा पोशाकका प्रहरीले पक्रेका छन् । स्वीस न्यायालयको संघीय कार्यालयलाई उधृत गर्दै समाचारमा जनाइए अनुसार उनीहरु भ्रष्टाचारको अभियोगमा समातिएका हुन् ।
0 Comments