Breaking News

6/recent/ticker-posts

Header Ads Widget

अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा

कालिन्चोक नजिकै डाँडामा भेटियो


काठमाडौ, जेष्ठ १ - वैशाख २९ गतेको शक्तिशाली भूकम्पछि घाइतेको उद्धार गर्न दोलखा जाने क्रममा हराएको अमेरिकी सेनाको हेलिकोप्टर दाेलखाकाे कालिन्चोक भगवती नजिकैको डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । ११ हजार २०० फिट उचाइमा रहेको कालिञ्चोक डाँडाको उत्तरीपट्टी भेगमा सो हेलिकप्टर शुक्रबार फेला परेको रक्षा सचिव ईश्वरी पौडेलले बताए ।

उक्त हेलिकप्टर खोजी कार्यको लागि परिचालित नेपाली सेनाको पैदली फौजले जानकारी दिएपछि तत्काल नेपाली सेनाको लान्सर र इक्युरेल हेलिकप्टरले शुक्रबार कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशामा भेटेको थियो ।

सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै अनुमानित ११ हजार २०० फिटको उचाइमा अवस्थित सिन्धुपाल्चोक जिल्लाको घोर्थली गाविसमा सो जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाएको छ ।

भूकम्पपीडितको उद्धार तथा राहत सामग्री लिएर दोलखा गएको अमेरिकी सेनाको हेलिकोप्टर यूएच-१ वाई हुवे मंगलबारदेखि हराइरहेको थियो ।

उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए। बुधबार र बिहीबार सेनाले हवाइ तथा पैदल दुवै खोजी कार्य तीब्र बनाएको थियो ।

Post a Comment

0 Comments