२०७२ साल बैशाख १२ गते गोरखा को बारपाक केन्द्र बिन्दु बनाएर गएको बिनाश्कारी भुकम्प लेधेरै को ज्यान गयो धेरै घाइते हुनु पर्यो । हेर्दाहेर्दै धेरै रहर्लाग्दा भबन हरुखण्ड हर मा परिणत भए । धेरै ले खुल्ला आकाश मनि जिबन बिताउन बाध्य भए त धेरै घरबार बिहिन बने । भत्किन बाकी रहेका घर पनि चर्केका हुनाले पाल टागेर रात कटाउन बाध्य बने ।पुरात्वातिक एबम सास्कृतिक महत्त्व राख्ने धरहरा एब विश्व सम्पदा शुचि मा समाबिष्ट बसन्तपुर क्षेत्र तहस नहस बने।
धेरै शैक्षिक सस्था हरु भत्किएका छ्न ।भुइचालो ले प्रशासनिक केन्द्र मानिने सिंहदरबार देखि जनता को छोरा राष्ट्रपति बस्ने सितलनिबास सम्म चर्केको थियो । खुला चौर हरु त्रासले डेरा जमाएका धेरै नेपालीहरुकै कब्जा मै थियो । बेला बेला मा आउने अनावश्यक हल्ला भुकम्प फेरि जान्छ भोलि फेरि जान्छ एकातिर छिन छिन को कम्पन अर्का तिर त्यति नै मात्रा मा चल्ने अफबाह यो भूकम्प वास्तवमा प्रकृतिले हामीमाथि प्रहारगरेको एउटा गतिलो बज्रमुक्का थियो झापड थियो र हामीलाई एउटाचेतावनी थियो संगै नब निर्माण पुनः निर्माणको अबसर । भूकम्प शनिबार दिउसो नभइकन रातको समयमा वा अरु कुनै दिनमा भएको भए के हुँदो हो ?कति मानिसको ज्यान जाँदो हो। के तपाईं कल्पना गर्न सक्नु हुन्छ त्यो कहालिलाग्दो दृश्य ? गरिबि अभाब ले आक्रान्त बनेका जनता लाई भुइचालो नयाँ पीडा को दर्दनाक उपहार दिएर गयो ।
बैज्ञानिक कारण :-
हाम्रो देशको भौगोलिक बनावट अत्यन्त जोखिमपूर्ण स्थानमा छ। दक्षिणको भारतीय–अष्ट्रेलियन प्लेट र उत्तरको युरो–एशियन प्लेटको बीचमा रहेको हाम्रो देश यो हिमाली भूखण्डमा परेको ले यस्ता महा बिनासकारी भुकम्प आइरहने जानकार हरु बताउछ्न। १९९०साल को भुइचालो ले पारेको क्षति लाई पुर्खा हरु ले सुनाउदा दन्त्य कथा मानेर आफैलाइ बिपत्ती नपरी बिपत ब्याबस्थापन को कुनै तयारी गर्न नसक्नु हाम्रो लागि दु:खद पक्ष हो।८२ वर्षपछि यो भूकम्प आयो र यो आउँदाखेरि हामीमा जुनप्रकारको तयारी र तत्परता हुनुपर्दथ्यो त्यो हामीले सायद देखाउन सकेनौं। राहात एबम उद्दार मा सेना प्रहारी ले देखाएको इमान्दारि प्रती उच्च सम्मान समाजिक सन्जाल फेसबुक टुइटर मा प्रसस्तै देख्न पाइयो । धेरै ले स्टाटस नै राख्नु भो” अब राजनैतिक दल र तीन का भातृसंघसंगठनका बन्द हडताल मा उत्रिएर इटा ढुङ्गा हान्दिन अनि कहिल्यै सुरक्षाकर्मी लाई डन्ठे भन्दिन।” राहत एबम उद्दार मा सबै राजनिती कर्मी एकै ठाउँ उभिएको त भनियो तर जस कस्ले लिने भन्ने होड सहितको फोहोरी खेल पनि देखियो । राहत एबम उद्दार दुर्गम बस्ती हरुमा समय मै पुग्न सकेन । अब के गर्ने त ?
१राहत एबम उद्दारमा इमान्दारिता सहितको निरन्तर कृयाशिलता आबश्यक छ ।अझै पनि खुल्ला आकास मुनि रात कटाउन बाध्य जनता लाई रहात को महसुस गर्न नसकेका जनतालाई तत्कालै राहत पुर्याउनु पर्ने छ ।
२राहत पस्चात पुनःनिर्माण एबम नब निर्माण मा लाग्नु पर्ने आज को आबस्यकता रहेको छ्न ।
३ जिम्मेवार निकाय ले बनाएका सरकारि निकाय का सङ्कल्प नीति हरुको कार्वन्वयन मा दृढता का साथ उभिनु पर्ने भएको छ ।
४ शैक्षिक सस्था सुचारु गर्ने त भनियो तर बिध्यार्थी को मन मस्तिष्क मा रहेको मनोबैज्ञानिक त्रास लाई दुर गर्नु पर्ने देखिन्छ ।
५ एकीकृत बस्ती बिकास को लागि विषय बिज्ञ सम्मेलित सम्यन्त्र को निर्मान गरि सरकार एबम जिम्बेबार निकायको तत्परता देखिनु पर्छ ।
६ भत्केका संरचना को पुनःनिर्माण को लागि अधिकार सम्पन्न सरकार सम्यन्त्र ( मन्त्रालय /प्राधिकरण /सस्थान )बनाउनु पर्छ ।
८ ब्याक्तीगत इच्छा आस्था बिचार भन्दा माथी उठि सम्पुर्ण राज्नैतिक परिबर्तन मा महत्वपूर्ण भुमिका निर्बाह गरेका युबा बिध्यार्थी हरु आ आफ्नो ठाउ बाट कृयाशिल हुन जरुरी छ ।
९ जिम्मेवार निकाय ले भुकम्प अगाडि बिपत ब्याबस्थापन को पुर्ब तयारी त गर्न सकेन तर भुकम्प बाट उत्पन्न हुने भुक्षय न्यूनीकरण एब रोकथाम गर्न पुर्ब तयारी का साथ लाग्न जरुरी छ । हराउदै गएको मनबियता फर्किन्छ कि ?
नेपाली समाज ब्याक्तीबादी हुँदै गएको सन्दर्भ मा आएको भुइचालो ले सबै लाई रिस राग अनि मोह लाई त्यागेर थोरै भए पनि मानबियता फर्किन्छ भन्ने लागेको छ । भुकम्प ले जो जति सुकै धनी भए पनि जो जति सुकै गरिब भए पनि भेदभाव गरेन । करोडपति रोडपति दुबै खुला चौर मा आउनु पर्ने बाध्यता रह्यो ।जस्ले जति सुकै घमन्ड गरे पनि खुला आकास नै हामी सबैको प्रिय छानो बन्न पुग्यो ।मानिस सबै भन्दा सर्बश्रेष्ठ प्राणी हुनु को नाताले मानवले अर्को मानव लाई गर्नु पर्ने मानवीय सस्कार सिकाउन यो भुकम्प थोरै भए पनि सक्षम भयो ।
अन्त्यमा बिनासकारी भुकम्प र त्यसपछि उत्पन्न भएको परिस्थिती लाई मध्यनजर गर्दै राहत एब पुनर्निर्माण मा लाग्दै प्रकृति ले दिएको चुनौती लाई पुनःनिर्माण गर्दै मुलुकलाई सुन्दर बनाउन सबै युबा बिध्यार्थी लाग्न जरुरी छ ।
0 Comments