कोरियास्थित नेपाली दूतावासको आग्रहपछि विदेश मन्त्रालयले उद्योग मन्त्रालयलाई परिपत्र गरेको थियो । श्रम विभागले मंगलबारदेखि कम्पनीहरुलाई पत्र पठाउन थालेको हो । श्रम विभागद्वारा प्रेषित पत्रमा नेपालमा ठूलो भूकम्प गएकाले परिवारमा मृतक भए अन्त्येष्टि, घाइते भए उपचार र हराएको भए खोजबिनका लागि बिदा मिलाइदिन उल्लेख गरिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
कम्पनीहरुलाई प्राप्त पत्रमा नेपालमा गएको विनाशकारी भूकम्पमा सक्दो सहकार्य गर्न भनिएको छ । २८ हजारको संख्यामा रहेका नेपाली कामदारमा भूकम्पबाट बढी प्रभावित जिल्लाका उल्लेख छन् । कामका लागि कोरियामा रहेका गोरखा घ्याल्चोकका प्रज्ञान कार्कीले नेपालीको पीडामा यहाँको सरकारको सहानुभूतिले ठूलो सहयोग भएको बताए । कम्पनी मालिकले बिदा दिएको तर आफ्नो व्यक्तिगत कारणले नेपाल र्फकन नसकेको उनले बताए ।
0 Comments