Breaking News

6/recent/ticker-posts

Header Ads Widget

मंगलबारको पराकम्पनका कारण ज्यान गुमाउनेको संख्या १ सय १७


काठमाडाैं, जेठ १ - गएको मंगलबारको पराकम्पनका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ सय १७ पुगेको छ । यसैगरी २ हजार ७ सय ६० जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मध्य क्षेत्रमा सबैभन्दा धेरै ९९ जनाको ज्यान गएको छ भने उपत्यकामा ११, पूर्व क्षेत्रमा ४ र पश्चिम क्षेत्रमा ३ जनाको ज्यान गएको छ ।

यसैगरी बैशाख १२ गतेको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ८ हजार २ सय २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । १७ हजार ८ सय ७० जना घाइते भएका छन् । मध्य क्षेत्रमा ६ हजार २२, उपत्यकामा १ हजार ७ सय ६, पश्चिम क्षेत्रमा ४ सय १९, पूर्व क्षेत्रमा ५३ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गएको छ ।

अहिलेसम्म नेपाली २ सय ५२ र विदेशी १ सय १२ जना बेपत्ता भएका छन् । यसैगरी भूकम्पका कारण मध्य क्षेत्रमा १ लाख ९८ हजार २ सय ८३, पश्चिम क्षेत्रमा १ लाख १३ हजार ९ सय ४२, पूर्ण तथा आंशिक गरी उपत्यकामा ६५ हजार ४ सय ९४, पूर्व क्षेत्रमा ३५ हजार ४ सय ५४, मध्य पश्चिम क्षेत्रमा ३ हजार १ सय ५४ र सुदूर पश्चिम क्षेत्रमा ३४ गरी जम्मा ४ लाख १६ हजार ३ सय ६१ भौतिक संरचनामा क्षती पुगेको छ ।

Post a Comment

0 Comments