'ठूलो भूकम्पको नलिनुस् भय'
[डन प्रिन्स/डिस्कभरी]
पछिल्लो हप्ता एक ‘कमेन्टर’ले अनलाइनमा मलाई एउटा लिंक पठाए । जसमा ‘नेपालमा चाडैं नै ८ रेक्टर स्केलको भुकम्प जाँदै छ ’ भन्ने लेखिएको थियो । प्राप्त लिंकले मलाई उक्त विदेशी वेबसाइट भिजिट गर्न बाध्य बनायो । मलाई थाहा थिएन, लिंक पठाउने व्यक्ति वैज्ञानिक हुन वा होइनन् । तर उनले दिएको वेबसाइट भने वैज्ञानिक नै थियो । म अचम्मित भएँ । उनले त्यो लिंक कहाँबाट ल्याएका होलान् ? लिंक खोल्न हतासिएँ । त्यहाँ कसैले आफ्नो तथ्य वैज्ञानिक हो भन्ने दावी गर्न अमेरिकी भुगर्भ सर्वेक्षण विभागको नाम पनि राखेका थिए ।
विश्वास त लागेको थिएन तर पनि लिंक खोलेर नपढी बस्न सकिन । पछि थाहा भयो उक्त लेख कुनै वैज्ञानिकद्वारा नै लेखिएको थियो । आधी लेख पढेपछि बाँकी लेख पढ्न पैसा तिर्नुपर्ने रहेछ । महङ्गै शुल्क तिरेरै भएपनि पुरै लेख पढ्ने निधो गरें ।
वैज्ञानिकहरुले भुकम्प सम्बन्धी ३ वटा रहस्यहरु लुकाएका रहेछन् । भुकम्प सम्बन्धी ती रहस्यहरुले बाटोमा अलपत्र नेपालीहरुलाई निर्धक्क घर सम्म पु¥याउनेमा म विश्वस्त छु । अब भुकम्पबाट त्रसित नेपालीहरुले ढुक्कसँग आफ्नै ओछ्यानमा सुत्न पाउनेछन् र भुकम्पका कारण सात्तो गुमाएका विरामीहरु पनि चाडैं नै सामान्य बन्दै जानेछन् । के रहेछन् त ती ३ रहस्यहरु ? यहाँ ती रहस्यहरु खोल्ने मात्र होइन रहस्य पछाडि लुकेका वैज्ञानिक कारणहरु पनि प्रस्तुत गरिएको छ ।
१. पहिलो रहस्य : भुकम्पपछिका सानातिना पराकम्पनहरुले ठूला रेक्टर स्केलको झड्कालाई निम्त्याउँदैन
बैशाख १२ गते गएको ७.८ रेक्टर स्केल सबैभन्दा पहिलो र ठूलो झड्का थियो । त्यसपछि आएका कुनैपनि झड्का यो भन्दा ठूला आएनन् । र आउँदैनन् पनि । हो , ७.८ भन्दा ठूलो झड्का लाग्ने सम्भावना भने प्रवल नै थियो । तर बैशाख २९ को अर्को झड्का जसलाई वैज्ञानिक भाषामा ‘फोरसक’ भनिन्छ । जसले ठूलो झड्का जाने विपत्तीबाट हामीलाई जोगायो । फोरसकको वैज्ञानिक म्याद अव सकिसकेको छ । सामान्यतया फोरसक ठूलो झड्का गएको २४ घण्टा भित्रै आउँछ । तर ठूलो झड्का गएको १ महिना पुग्न लागि सकेको छ । त्यसैले यसको विषय पनि अब मरिसकेको छ । अमेरिकी भुगर्भ सर्वेक्षण विभागले पनि त नेपालमा अव ठूलो भुकम्प जाने सम्भावना छैन भनि घोषणा गरिसकेको छ । तर अझै जारी रहेका साना तिना पराकम्पनहरुले नेपालका संरचना भने कमजोर हुदै जाने बताएको छ ।
२. दोस्रो रहस्य: एकपटक केन्द्रविन्दु बनाएर गएको भुकम्प पुनः सोही ठाउँमा केन्द्रविन्दु बनाएर जाँदैन
ठूलो भुकम्पले विच्छेद भएका क्षेत्रहरुमा अहिले पनि सानातिना पराकम्पनहरु जारी छन् । जसमा गोर्खा, दोलखा, काठमाडौं, रसुवा , नुवाकोट, धार्दिङ्ग, सिन्धुपाल्चोक लगायतका १४ जिल्ला पर्दछन् । केन्द्रविन्द्र बनाएर गएको पराकम्पनका निकट जिल्लाहरु पनि वेस्सरी हल्लिएको महसुस गरिन्छ । यी क्षेत्रका मानिसहरु अझैपनि भुकम्पबाट त्रसित भएर बाँचिरहेका छन् । उनीहरुका लागि यो ठूलै समाचार बन्न सक्दछ कि ती क्षेत्रहरुमा अब ठूलो भुकम्प जाँदै जाँदैन । किनभने पृथ्वीमुनीका संचित शक्तिहरु अहिले पनि पराकम्पनकै रुपमा थर्किरहेका छन् । अहिले गइरहेका पराकम्पनहरु सतहमुनीका असमान प्लेटहरु सन्तुलन भइरहेको संकेत मात्र हो । यसले खासै ठूलो विपत्ती ल्याउँदैन । र ती सबै पराकम्पनहरु घट्दै जाने खालका हुन् ।
माथीको चित्रले सजिलै पुष्टि गरेको छ कि एउटै क्षेत्रलाई केन्द्रविन्दु बनाएर अर्को ठूलो भुकम्प गएकै छैनन् ।
३. तेस्रो रहस्य : विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन कि भुकम्प कहिले कहाँ र कुन ठाउँमा जान्छ ?
वैज्ञानिकहरुले भुकम्पको भविष्यवाणी गरेको कहिल्यै सुन्नुभएको छ ? यदि छ भने पनि अचम्म नमान्नुस । यस्तो प्रकारको भविष्यवाणी सामान्यतया लामो समयको अन्तरालमा गर्ने गरिएको छ । यति त हाम्रा गाउँघरका अशिक्षित हजुरआमाहरुले पनि गरिरहेकै छन् । वास्तवमा भुकम्पको भविष्यवाणि गर्ने कुनै नियम र उपकरण आविष्कार भएकै छैनन् । यो यथार्थलाई अहिले अमेरिकी भुगर्भ सर्वेक्षण विभागले समेत विश्वव्यापीरुपमा स्विकार गरिसकेको छ । अहिले वैज्ञानिकहरु उनीहरुले पहिले नै भुकम्पको भविष्यवाणि गरिसकेको दावी गर्दै हिडिरहेका छन् । यदि सक्थे भने बैशाख १२ को १२:५६ अगावै किन नेपाल सरकारलाई सावधान गराएनन् ?
वास्तविकता त यो हो कि वैज्ञानिकहरु बैशाख १२ तिर पनि रिपोर्ट तयारीमै थिए । भुकम्प उनीहरुको भविष्यवाणी भन्दा नजिकै छ भन्ने उनीहरुलाई थाहै थिएन । उनीहरुले तयार पारेको रिपोर्ट र नेपालको भुकम्प त एउटा संयोग मात्र थियो । तलको तालिकाबाट यो तथ्य प्रष्टै हुन्छ । माथिको तथ्याङ्क विश्लेषण गर्दा जो कोहीले पनि अनुमान लगाउन सक्छ कि नेपालका पश्चिमी भागहरु पहिलेदेखि नै भुकम्पको जोखिममा थिए । किनभने सन् १९८० देखि नेपालको पश्चिमी भागमा भुकम्प महसुस गरिएकै थिएन ।
त्यसैले संसारमा कोही कसैले पनि भन्न सकेको छैन र सक्दैन पनि कि भविष्यमा पनि भुकम्प कहाँ जान्छ न त कहिले नै भन्ने प्रश्नको जवाफ कोहीसँग छ । यी सबै प्रक्रियाहरु रहस्यमै छन् । अन्त्यमा के भन्न सकिन्छ भने इतिहासका भुकम्प सम्बन्धी सबै घटनाहरु अपवाद हुन सक्छन् । तर भुकम्पको विशेषता सधैं समान हुन्छ ।
भविष्यमा अझै कुनै ठाउँमा भुकम्प गइहाल्यो भने यस्तै यस्तै प्रकारको जाने छ, ठूला झड्का, साना पराकम्पन । यसको अर्थ अर्को पटकको भुकम्प ७.८ कै र अर्को ठूलो ७.१ झड्का १७ दिन अन्तरालमै हुन्छ भन्न खोजिएको होइन । यो त पहिलो झड्का कति रेक्टरस्केलको जान्छ भन्ने कुराले निर्धारण गर्दछ । त्यसैले हल्लाको पछाडि दौडिएर समस्याको समाधान हुदैन । गहिरो अध्ययन र गहन विचारले नै राहत पु¥याउँदछ ।
0 Comments