उनी घरबारे जानकारी दिन व्यस्त थिए । एकै दिनमा बनाउन सकिने भन्दै उनले छिटो, छरितो र सस्तो मूल्यमा निर्माण गर्न सकिने बताए । 'त्रिपाल, टेन्ट भन्दा राम्रो छ, संक्रमणकालीन अवस्थामा ज्यादै उपयोगी हुन सक्छ' उनले भने । भत्केकै घरको ढुंगा, इट्टा, काठ र जस्तापाता प्रयोग गर्न सकिने उनले बताए । पाकिस्तान, इजरायललगायतका मुुलुकमा विस्थापितका लागि टनेल घर निर्माण गरिएको उनले बताए । सरकारले तत्काल स्थायी संरचना निर्माण गर्न नसक्ने भन्दै उनले यस्ता घर वषर्ात, गर्मी छल्न धेरै उपयोगी भएको बताए । गर्मीमा जस्तापातामाथि प्लाष्टिक, त्यसमाथि खर र छ्वाली प्रयोग गर्न सकिने उनको भनाई छ । 'यसले भित्र गर्मी हुंदैन' उनले भने, 'चार जना परिवार लागि यो अति उपयुक्त छ, हामीले नमुनामात्र दिएका हौं, बनाउने काम सरकार हो' । घर निर्माणका लागि आर्किटेक्चरका विद्यार्थी गाउं पठाउने उनको भनाइ छ । जस्तापाताको संख्या बढाएर घरको आकार बढाउन सकिने उनले बताए ।
हाल निर्माण गरिएको घरमा दुईटा जस्तापाता प्रयोग गरिएको छ । ९ फिट चौडाइ १३ फिट लम्बाई नमूना घर निर्माण गरिएको छ । ग्रामीण वस्तीमा यस्ता घर निर्माण गर्न सकिने उनले बताए ।
चिसो हावा लागि झ्याल र तातो हावा निस्कासनका लागि भ्यान्टिेलेरसमेत व्यवस्था गरिएको छ । यसरी संक्रमणकालीन अवस्थामा उद्धार गर्न पुल्चोक इन्जिनियरिङ आर्किटेक्चर डिपार्टमेन्टका विद्यार्थीले 'आश्रय नेपाल' नामक संस्था गठन गरेका छन् । संस्थाले घर निर्माण गरिदिने उनले बताए ।
विद्यार्थीले घर निशुल्क बनाइदिने भन्दै उनले खान र बस्न व्यवस्था मिलाउनुपर्ने बताए । घरको मुल्य महंगो नभएको भन्दै उनले करीव १५ हजारमा सम्पूर्ण घर निर्माण हुने बताए । तर, स्थानअनुसार घरको मूल्य निर्धारण हुने उनले बताए । स्थायी घर निर्माण गरि सकेपछि टनेललाई बाख्राको गोठ, गोदाम, भान्छा र स्याउ खेतीको लागि प्रयोग गर्न सकिने उनले बताए ।
भूकम्प पीडित जिल्लाका वासिन्दाले घर निर्माणको लागि आग्रह गरि राखेको उनले बताए । 'सिन्धुपाल्चोकको कुनै गाविसमा हामी नमूना घर बनाउँछौं' उनले भने । आइतबार सिन्धुपाल्चोक जल्पादेवी उच्चमाविका प्राचार्य लक्ष्मण श्रेष्ठ घर निर्माणका लागि विद्यार्थीलाई आग्रह गर्दै थिए । 'ग्रामीण वस्तीका लागि टनेल घर निकै उपयोगी हुनेछ' उनले भने- 'सबैले निर्माण गर्न सक्छन् ।'
0 Comments