Breaking News

6/recent/ticker-posts

Header Ads Widget

'डेस्टीनेसन '


अच्युत खतिवडा (coming soon..)

तपाइहरुले पढिसक्नुभएको कछुवा र खरायो को कथा अलि अपुरो नै पढ्नुभयो/सुन्नुभयो बाकी म भन्छु पून बुझ्ने कोसिस गर्नुहोला है... =>>>जब कछुवाले दौड जित्यो तब खरायोलाइ आफ्नो गल्ती महसुस भो उसले दौड हार्नुको कारण उसको लापरवाही थियो । निर्धक्क भइ भुइमा पसारिनु थियो । यस्तो गल्ती फेरि फेरि नदोहर्याउने मनमा ठानि उसले फेरि दौडको च्यालेन्ज दियो अनि कछुवाले नि सहजै स्विकार गर्यो । किनकि पहिले उसले जितेको थियो कछुवा ले अब पनि जित्छु भन्ने उसलाइ लागि रहेको थियो ।
तर त्यस्तो भएन ... यस्पाली खरायोले दौड जित्यो अनि कछुवा घोसे मुन्टो लगाएर हिड्यो उस्लाइ साच्चै लाग्न थाल्यो कि उ साच्चीकै कमजोर छ । ... कथा अझै बाँकि छ ।
कछुवा धेरै चिन्तती भयो आफ्नो हार सँग, खरायोलाइ जितेर जुन मान सम्मान पाएको थियो त्यो सबै क्षणभरमा चुरचुर भयो । फेरि उस्लाइ हेप्ने सिलसिला सुरु भयो । आफ्नो बासस्थानमा बसेर धेरै दिन सोच्यो कछुवाले । अनि उस्को घैटोमा घाम लाग्यो यानी कि जुक्ती आयो खरायोलाइ कसरि हराउने भनेर । ( कछुवाले खरायोको कमजोरि र आफ्नो ताकत के हो भन्ने चिनी सकेको थियो ) फेरि दौडको आयोजना भयो तर, यस्पाली डेस्टीनेसन फरक थियो । पुग्नु पर्ने ठाउँ बिचमा एउटा नदि पर्दथ्यो । दौड सुरु भयो खरायो तुफान कुद्न थाल्यो तर, नदि छेउ पुगे पछि टक्क रोकियो । पर्यो फसाद नदि कसरि तर्नु ? यत्तिकैमा कछुवा आफ्नै गतीमा आयो लुसुक्क् पानीमा छिर्यो नदि तर्यो र पुग्नु पर्ने ठाउँ सम्म पुग्यो । हो यस्पाली कछुवाले फेरि दौड जित्यो ...
कथा अझै सिध्दिदैन ...
खरायोलाइ कुनै कुरामा आफु कछुवा भन्दा कमजोर छु भन्ने महसुस भयो ...
अब खरायो र कछुवा राम्रो साथी बन्छन, धेरै नै घनिष्ठ मित्रता हुन्छ उनिहरुमा ...
तर, जङ्गलका जङ्गलिहरुमा अझै पनि पुरानै प्रवित्ती हावी हुन्छ । ताकतवरले कमजोरलाइ होच्याउने पेच्याउने । यि सबै देखेर ति दुइ मित्रले जङ्गलीहरुलाइ लाइनमा ल्याउने निधो गर्छन । तर कसरि ? सिधा सम्झाएर त लाग्दैन कसैलाइ अनि एक एक जना गरेर पनि त सम्झाउन सकीन्न नि ...
फेरि दौडको आयोजना हुन्छ ।
जङ्गलमा भएका सबै जनावर भेला हुन्छन दौड सुरु हुन्छ जङ्गलका एक से एक धावक हरु तुफान दौडन थाल्छन । खरायोले कछुवालाइ जुरुक्क उचाल्छ र दौडन्छ । नदि छेउमा पुग्छ ... त्यहाँ देख्छ सबै जना टक्क अडिरहेका छन् सोचमा परि रहेका छन । तब कछुवाले खरायोलाइ ढाडमा बोक्छ र नदि पार गर्छ । अनि खरायो र कछुवाले दौड जित्छन ।
त्यो दृष्य देखी सबलाइ महसुस हुन्छ हामी सबैमा केही ताकत र केही कमजोरि हरु छन् यदी हामी एकजुट भएको खण्डमा कुनै पनि रेस जित्न सक्छौ । कसैको कमजोरिमा हाँस्नु हुदैन र ताकतमा गुरुर गर्नु हुदैन । कुनै कुनै कुरामा हामी ति कमजोरहरु भन्दा नि कमजोरछौ भन्ने कुरा पनि बुझ्नु जरुरि छ ।
र हामी सबै एकजुट हुनु पर्छ भन्ने कुरा ति जङ्गलीले त बुझे नेपालीले कैले बुझ्ने हो ?

Post a Comment

0 Comments