देश सुत्न सकेन र म निदाउन सकिन । धरहरा ढल्यो । तर, भिमसेनहरु भग्नावशेषबाट निकालिएको दृष्य, किनारमा उभिएर साक्षी बस्तुको पीडा झन दर्दनाक थियो ।
मलाई माफ गर मेरो देश तेरो एकछाक जुटाउन भासिएको म तँ भाँसिरहँदा समाउनलाई सहाराको हात दिन सकिन ।
परबाट हेर्दा क्षितिजहरु चित्कारमय र धुलाम्य छन् ।सोत्तर छन बस्तीहरु । अलप भए हिजोसम्म मुस्कुराई रहेका लाङटाङ र बसन्तपुरहरु । हजुरबाको मुखबाट सुनेको थिए १९९० सालको कथा । पुनरावृत्ति हुदा छोरो फोनबाट रुदै सुनाउदै छ । मेरो भागमा कथा मात्र प¥यो भोगाई तेरो थाप्लोमा एक्लै । मलाई माफ गरिदे मेरो देश तेरो मलामी हुन सकिनँ ।
मलाई थाहा छ तलाई हातहरु चाहिएको छ ।खोतल्ने हातहरु ढुकढुकी र निधार छाम्ने दयालु हातहरु अनि चिहान खन्न सक्ने बलिया हातहरु । तर, हेर यी हातहरुलाई बेल्चा बिसाउने अनुमति छैन ।
मलाई माफ गरिदे मेरो निरन्तर चलिरहने बेल्चाले तेरो उद्धारमा एक चिम्टा माटो निकाल्न सकेन । तेरो अन्त्येष्टिमा एक ईन्च माटो उधिन्न सकेन । मलाई माफ गरिदे मेरो देश
0 Comments