सभामुख सुवास नेम्वाङले संसद बैठकको शुरुवात गरेपछि सभामुखको आसनमा बसेर बैठक सञ्चालन गर्ने जिम्मा मेरो आएको थियो । म बैठकको अध्यक्षता गरिरहेकी थिएँ ।
बैठक लगभग समयमै शुरु भएको थियो । नेकपा एमालेका सभासद विष्णु पौडेलले बोल्ने पालो आएको थियो । मैले झुक्किएर बिष्णुमाया पौडेल भनेपछि सभासदहरुबीच हाँसो छाइरहेको थियो । त्यतिकै बीचमा बिष्णु पौडेलले आफ्नो सम्बोधन शुरु गर्नासाथ भूइँचालो आएपछि सभासदहरुको भागदौड मच्चिन थाल्यो ।
सभासद प्रतिक्षा तिवारी छोरासँग
म बसेको सभामुखको कुर्सी डग्मगाउन थाल्यो । के गरुँ, कसो गरुँ भन्ने सोच्नै सकिँन । उता हेर्दै थिएँ, बिष्णु पौडेल रोष्टममा उभिएर अक्क न बक्क अवस्थामा हुनुहुन्थ्यो । संसद सचिवालयका कर्मचारीहरुतिर हेरेँ, धेरैजसो ज्यान जोगाउन भागिसकेका थिए ।
(यो पनि पढ्नुहोस् : भूकम्पपछि संसदमा सभासदको भागाभाग) बाँकी रहेकाले बैठक स्थगितको सूचना दिएर भाग्नु ठीक हुन्छ भन्ने सल्लाह दिए ।
म र बिष्णु पौडेलबाहेक त्यतिबेलासम्म बैठक कक्षमा एकजना सभासद मात्रै थिए । उनलाई पनि मर्यादापालकले समातेर बाहिर निकाल्दै थिए । मैले बैठक बुधबार एक बजेसम्मका लागि स्थगित भएको सूचना दिएपछि मर्यादापालकको सहयोगमा बाहिर निस्किएँ ।
सोच्दै नसोचेको जस्तो अवस्थामा एक्कासी ठूलो भूकम्प आउँदा अब के गर्ने भन्ने सोच्नै सकिँन । अब ठूलो क्षति हुने भयो, सभासदहरुको ज्यान नै जाने भयो भन्ने लाग्यो ।
आजै मैले मेरो सानो छोरालाई पनि सँगै लिएर आएकी थिएँ । उसको अवस्था के भयो भन्ने अर्को चिन्ता थपियो ।
बाहिर निस्कँदा सभासदहरु खुला चौरमा थिए । सर्वसाधारण जनता पनि भित्र आइरहेका थिए । मैले मेरो छोरो भेटाएर उसलाई खाना खुवाएँ ।
अझै पनि राम्रोसँग हात खुट्टा चलेका छैनन् । सभामुखको कुर्सीमा बसेर गरेको भूकम्पको अनुभव साँच्चिकै अत्याशलाग्दो रह्यो ।
0 Comments