सिन्धुपाल्चोक, वैशाख ३० - सिन्धुपाल्चोकको तातोपानी स्थित मानसरोवर स्कुलमा ८० जना स्थानीय मंगलबारदेखि फँसेका छन् । स्कुलमा रहेका कामी शेर्पाले टेलिफोनमा आफुहरु निकै जोखिममा रहेको बताए । ‘माथिबाट पहिरो आइरहेको छ, ढुंगाहरु खसिरहेको छ, तल भोटेकोशी छ,’ उनले भने ।
तातोपानीकै दस किलोमा अन्य २०० स्थानीय उद्दारको पखाईमा रहेका छन् । मंगलबारको भूकम्पपछि विरामीहरुको उद्दारमा हेलिकप्टर बढी प्रयोग भएकाले फँसेकाको उद्दारमा जान नसकिएको सुरक्षास्रोतले बताएको छ ।
0 Comments