Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गाउँ-गाउँबाट उठ भन्दै एमालेले बनायो स्वयंसेवी दस्ता

एक निर्वाचन क्षेत्रमा एक सय प्राविधिक खटिने


३ जेठ, काठमाडौं । नेकपा एमालेले ‘गाउँ-गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ भन्ने गीतलाई भूकम्पपछिको पुनर्निर्माण अभियानको गीतका रुपमा छनोट गरेको छ ।
यो अभियान गीतसहित एमालेले जेठ १० देखि असार १० गतेसम्म एक निर्वाचन क्षेत्रमा एक सय प्राविधिक टोलीसहितका कार्यकर्तालाई स्वंसेवीका रुपमा खटाउने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले राष्ट्रिय स्वयंसेवक परिचालन निर्देशिका-०७२ पारित गर्दै पार्टी सचिव गोकर्ण विष्टको संयोजकत्वमा ७५ सदस्यीय स्वयंसेवक परिचालन समिति समेत गठन गरेको हो ।

एमालेका स्वयंसेवक टोलीमा सिकर्मी, डकर्मी, ओभरसियर, भूपू सैनिकलगायत प्राबिधिकहरु रहनेछन् । उनीहरुले जनताका घर टहरा बनाउने र स्कूल तथा सरकारी भवनको निर्माणमा पनि सघाउने छन् । यस अभियानमा १० हजार कार्यकर्ता परिचालित हुनेछन् ।

को-को छन् समितिमा ?

स्वंसेवका समितिमा निम्न सदस्यहरु रहेको एमालेले जनाएको छ । योगेश भट्टराई, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, थममाया थापा, अरुण नेपाल, सानुकुमार श्रेष्ठ, शेरधन राई, कर्णबहादुर थापा, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, पशुपति चौलागाईं, योगनारायण यादव, शत्रुघ्न महतो, गोकुल घर्ती, जगन्नाथ खतिवडा, जगत विश्वकर्मा, रवीन्द्र अधिकारी, विश्वनाथ प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, सुजिता शाक्य, सूर्य थापा, ठाकुर गैरे, खिमलाल भट्टराई, डा. राजन भट्टराई, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, मायानाथ अधिकारी, विजय सुब्बा, विरोध खतिवडा, शेरबहादुर तामाङ, पार्वत गुरुङ, सिराज अहमद फारुकी, ईश्वरी रिजाल, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, सुशीला नेपाल, बोमबहादुर विश्वकर्मा, खेम लोहनी छन् ।

त्यसैगरी माधव अर्याल, सोम मिश्र, देवशंकर पौडेल, कृष्ण खनाल, रामशरण बस्नेत, प्रतापलाल श्रेष्ठ, किशोर अधिकारी, माधव ढुंगेल, सुरेन्द्र मानन्धर, बिना श्रेष्ठ, निरु पाल, हरिकुमार राई, रचना खड्का, रुपनारायण श्रेष्ठ, गणेश पहाडी समितिमा छन् ।

मन्त्रीहरु खगराज अधिकारी, पुरुषोत्तम पौडेल, महेश बस्नेतका साथै विनोद श्रेष्ठ, किशोरविक्रम मल्ल, नवीना लामा, राजीव पहारी, ऐन महर, धनबहादुर चन्द, मीठाराम केसी, केशव विष्ट, लङ्कबहादुर केसी, भक्तिमान सुब्बा, शर्मिला कार्की, मीनबहादुर शाही, राजेन्द्र अर्याल, केशवलाल श्रेष्ठ र जीतु गौतम पनि समितिमा छन् ।

Post a Comment

0 Comments