Breaking News

6/recent/ticker-posts

Header Ads Widget

प्रधानमन्त्री कार्यालय सार्ने तयारी


भूकम्पका कारण क्षति पुगेको सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको कार्यालय सार्न गृहकार्य भइरहेको छ । सिंहदरवारभित्रकै कुनै भवनमा कार्यालय सार्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो ।

“सिंहदरवारभित्रकै भवनमध्ये कुन भवन उपयुक्त हुन्छ भन्ने बारेमा छलफल भइरहेको छ, हाल पुर्ववतः कार्यालयको केही कोठा र परिषरबाट कार्यसञ्चालन भइरहेको छ ।” उहाँले भन्नुभयो । खतराको सूचीमा रहेका ती दुई कार्यालय सार्न आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र सम्बन्धित निकायका अधिकारीबीच आज परामर्श भएको थियो ।

अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको भवन सबैभन्दा उपयुक्त हुने सुझाव आएको बुझिएपनि ठोस निर्णय भइसकेको छैन । त्यसबाहेक नयाँ बानेश्वरमा रहेको संविधानसभा भवनसँगैको लगानी बोर्डको कार्यालय भवन, बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासलगायत विभिन्न भवनका बारेमा पनि सुझाव आएको छ ।

साथै खतरापूर्ण भवनमा रहेका सिंहदरवारभित्रका अन्य कार्यालय पनि सुरक्षित भवनमा सार्ने तयारी भइरहेको छ । सिंहदरवारस्थित रक्षा मन्त्रालय यसअघि नै राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय पुतली बगैँचा सिंहदरवारमा रहेको भवनमा सरिसकेको छ । मन्त्रालयका सचिव इश्वरीप्रसाद पौडेलका अनुसार पूर्ववत कार्यालय क्षतिग्रस्त भएकाले नयाँ कार्यालय परिषरबाट सञ्चालन भइरहेको हो । रासस

Post a Comment

0 Comments