Breaking News

6/recent/ticker-posts

Header Ads Widget

४ जिल्लाका लगभग सबै घर ध्वस्त


विनाशकारी महाभूकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक, दोलखा, नुवाकोट र रसुवाका सबै घर ध्वस्त भएको प्रारम्भीक तथ्यांक आएको छ । गृह मन्त्रालयका अनुसार काभ्रे र गोरखाका पनि अधिकांश घर भत्किएका छन् ।

गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार सिन्धुपाल्चोकका ६६ हनजार ६८८ घर मध्ये ६३ हजार ८८५ ध्वस्त भएका छन् । २ हजार ७५१ मा आंशिक क्षति भएको सरकारी तथ्यांक छ । यसरी हेर्दा सिन्धुपाल्चोकमा ५१ घर मात्र बाँकी देखिन्छ ।

भूकम्पले जिल्लाका सबै ५५७ विद्यालयको भवनहरू भत्किएका छन् भने प्रहरी चौकी, स्वास्थ्य चौकीदेखि सरकारी कार्यालय समेत ध्वस्त भएका छन् । सिन्धुपाल्चोकमा मात्र ३ हजार ४२४ जनाको मृत्यु भएको छ । ८ सय ५९ जना घाइते भएका छन् ।

दोलखामा सबै घर भत्किएका छन् । वैशाख १२ गतेको भूकम्पबाट समान्य क्षति भएका घरहरु २९ गतेको भूकम्पले बाँकी राखेन । दोलखामा ४८ हजार ८८० घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने ३ हजार १२० घरमा आंशिक षति पुगेको छ ।

दोलखामा मानवीय क्षति भने सिन्धुपाल्चोकको तुलानामा कम छ । जिल्लामा १६१ जनाको मृत्यु भएको छ भने ३०४ जना घाइते भएका छन् । धेरैको मृत्यु २९ गतेको भूकम्पले भएको छ ।

नुवाकोटमा ३६ हजार ९७३ घर पूूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ४२०० घरमा आंशिक क्षति भएका छन् । जिल्लामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ५८ पुगेको छ । १ हजार ३११ घाइते भएका छन् ।

रसुवामा अब केही घर मात्र बाँकी छ । ९ हजार ७७८ घर रहेकोमा भूकम्पले ७ हजार ४० ध्वस्त भएका छन् भने २४ सय बढीमा क्षति पुगेको छ । लाङटाङ बस्ती नै हिमपहिरोले पुरेर खण्डहरमा परिणत भएको छ । रसुवामा मात्र ५७९ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार काभ्रेमा पनि भूकम्पले अधिकांश घरमा क्षति पुगेको छ । ४९ हजार ९३३ घर ध्वस्त भएका छन् भने २३ हजार ७१४ मा क्षति पुगेको छ । केही हजार घरहरु मात्र बाँकी छन् । विनाशकारी भूकम्पका कारण काभ्रेमा ३१८ को मृत्यु भएको छ भनेे २ हजार ७८० जना घाइते भएको सरकारी तथ्यांक छ ।

रामेछापमा ३९ जनाको मृत्यु भएको छ । २६ हजार ७४३ घर ध्वस्त भएका छन् भने १३ हजार बढी घरमा आंशिक क्षति पुगेको छ ।

वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको भूकम्पको केन्द्र विन्दु रहेको गोरखामा पनि अधिकांश घरहरु ध्वस्त भएका छन् । त्यहाँ ४४ हजार ६५० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १३ हजार ४३० मा आंशिक क्षति पुगेको छ । भूकम्पको केन्द्रविन्दु रहेको बारपाकसँगै लाप्राक गाउँको तस्तित्व नै खतरामा परेको छ । गोरखामा मृत्यु हुनेको संख्या ४३० पुगेको छ ।

काठमाडौंका झण्डै साढे ४ लाख घरहरु मध्ये ३६ हजार ९७३ पूर्ण रुपमा ध्वस्त भएका छन् । ५० हजार ७५३ घरमा क्षति पुगेको छ । सरकारी तथ्यांक अनुसार काठमाडौंमा ४ लाख ३६ हजार ३४४ घर छ ।

मानवीय क्षति भने सिन्धुपाल्चोकपछि बढी काठमाडौंमा भएको छ । काठमाडौंमा मृत्यु हुनेको संख्या १ हजार १२४ पुगेको छ भने ४ हजार ६३९ घाइते भएका छन् । धरहरा ध्वस्त भएको छ भने बसन्तपुर लगायतका सांस्कृतिक सम्पदाहरुमा ठूलो क्षति पुगेको छ ।

भक्तपुरमा १८ हजार ९०० घरहरु पूर्णरुपमा भत्किएका छन् भने ९ हजार ९० मा क्षति पुगेको छ । ललितपुरमा १६ हजार २४४ घर ध्वस्त भएका छन् । ५ हजार ८५१ घरमा आंशिक क्षति पुगेको छ । भक्तपुरमा ३२७ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

ललितपुरमा झण्डै १ लाख १० हजार घर रहेकोमा १६ हजार ३४४ पूर्ण रुपमा ध्वस्त भएका छन् । ५ हजार ८५१ घरमा आंशिक क्षति पुगेको छ । १८१ जनाको मृत्यु भएको पुष्छि भएको छ भने २ हजार ५२९ जना घाइते भएको गृहले जनाएको छ ।

सिन्धुलीमा १२ हजार ७०४ घर भत्किएका छन् भने ८ हजार बढीमा क्षति पुगेको छ । मकवानपुरमा १५ हजार घर ध्वस्त भएका छन् । १७ हजार बढी घरमा क्षति पुगेको छ ।

ओखलढुंगामा १० हजार ६ सय घर पूर्ण रुपमा भत्किएका छन् । ३ हजार बढी घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

विनाशकारी भूकम्पका कारण ४ लाख ८८ हजार ७८९ घर पूर्ण रुपमा भत्किएका छन् । २ लाख ६७ हजार ४७७ घरमा क्षति पुगेको सरकारी तथ्यांक छ ।



Post a Comment

0 Comments