Breaking News

6/recent/ticker-posts

Header Ads Widget

अमेरिकी हेलिकप्टर दुर्घटना: ८ जनाकै शव फेला, दुर्घटनास्थलमा हेलिकप्टरका टुक्रा

काठमाडौं-सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनामा परेको अमेरिकी हेलिकप्टरमा सवार ८ जनाको शब फेला परेको छ। हेलिकप्टरमा ६ अमेरिकी र २ नेपाली सेनाका अधिकारी थिए। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आठै जनाको शब फेला परे पनि पहिचान गर्न नसकिने अवस्थाका छन्। दुर्घटनास्थलमा हेलिकप्टरका सबै पुर्जाहरु छरिएको छ। 
 शुक्रबार दिउँस ११ हजार २ सय फिट अग्लो डाँडामा हेलिकोप्टरको दुर्घटना भएको खुलेपछि स्थल र हवाइमार्गबाट सुरक्षा टोली पुगेको थियो। थप टोली हवाईमार्गबाट जाने प्रयास गरे पनि मौसम बिग्रिएपछि सम्भव भएन। मौसम सुधारिएपछि शनिबार दुर्घटनास्थलमा नेपाली सेना र अमेरिकी मरिन समुह गएको थियो। २९ गतेको शक्तिशाली पराकम्पनपछि दोलखामा खोजी र उद्धारका लागी गएको अमेरिकी सेनाको युएच वानवाई ह्युक हेलिकोप्टर दोलखाको सुनखानी क्षेत्रबाट हराएको थियो। हराएको चौथो दिन स्थानीयवासीको सूचनाको आधारमा दुर्घटनास्थलको पहिचान भएको थियो। सो हेलिकप्टरमा नेपाली सेनाका क्याप्टेन तपेन्द्र रावल र अर्का जमदार रहेको खुलेको छ। जमदारको नाम खुलेको छैन। हेलिकप्टरमा रहेका ६ जना अमेरिकी सेनामध्ये चालक अमेरिकी मरिन समुहमा क्याम्पटेन क्रिस नोर्गेन र अमेरिकी सेनाकै ज्याकव हव रहेको खुलेको छ।

Post a Comment

0 Comments