Breaking News

6/recent/ticker-posts

Header Ads Widget

कोरियामा आल्मुनियम बिस्फोटमा नेपालीको मृत्यु


सोल, जेष्ठ २ - दक्षिण कोरियामा आल्मुनियम बिस्फोटमा परेर एक नेपालीको मृत्यु भएको छ । ख्यङगीदो फेन्थेकमा रहेको फोङजन पिछल नामक आल्मुनियम कम्पनीमा कार्यरत दाङ रामपुरका अतिउल्लाह खानको शुक्रबार अल्मुनियमको पोर्मिल धुलो हाल्ने क्रममा बिस्फोट भएर उपचार क्रममा मृत्यु भएको हो ।

घटनापछि उपचार गर्न हेलिकप्टरमा हालेर सोलमा रहेको हालिम युनिभसिर्टी मेडिकल सेन्टरमा पुर्‍याइएको थियो । उपचारकै क्रममा चिकित्सकहरुले खानलाई मृत घोषणा गरेको थिए ।

अल्मुनियमको धुलो बिस्फोटन भएकोबारे कोरियन सुरक्षा निकायले अनुसन्धान गरिरहेको कम्पनी स्रोतले जनाएको छ । सोलस्थित नेपाली दुतावासका श्रम सहचारी अनिलकुमार गुरुङ शुक्रबार नै घटनास्थलमा पुगेर जानकारी लिएका थिए । शव यङदम्पोको एक अस्पतालमा राखिएको छ ।

प्रहरीको प्रारम्भिक प्रतिवेदन आएपछि घटनाको विवरण थाहा हुने सोलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले बताए । प्रतिवेदन सोमबार आउने सम्भावना रहेको छ ।

त्यस्तै दुर्घटनामा परेर खानसंगै काम गरिरहेका बारा हरैया नयाँबस्तीका हरि सुवेदी गम्भीर घाइते भएका छन् । त्यहाँ कार्यरत एक नेपाली कामदारका अनुसार सुवेदीको अवस्था चिन्ताजनक रहेको छ ।

Post a Comment

0 Comments