Breaking News

6/recent/ticker-posts

Header Ads Widget

दोलखामा ५६ को मृत्यु


दोलखा, वैशाख ३० - मंगलबार आएको ६.८ रेक्टर स्केलको भूकम्पकाे सबभन्दा बढी प्रभाव परेकाे दोलखा जिल्लामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जिल्लामा उद्दारमा संलग्न नेपाली सेना र प्रहरीका अनुसार २०६ जना घाइते भएका छन् । घाइतेमध्ये १०३ लाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

सदरमुकाम चरिकोटमा रहेको अरनिको विकास बैंकको भग्नावशेषबाट बैंकका प्रबन्धककाे शव केहीबेर अघि विपद् व्यवस्थापन उद्दार टोली सुन्दरीजलले निकालेको छ । यस्तै टोलीले होटल प्याराडाइजबाट पनि शव निकालेको छ ।

मंगलबारको भूकम्पमा मृत्यु हुने ७६ पुगे

नेपाल प्रहरीका अनुसार मंगलबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । बुधबार मध्यान्हसम्म १९८७ घाइते भएको प्रहरीले जनाएको छ । शनिबारको महाभूकम्पदेखि मंगलबारको भूकम्पसम्ममा परि मृत्यु हुनेको संख्या ८ हजार १ सय ५४ पुगेको छ ।

Post a Comment

0 Comments