Breaking News

6/recent/ticker-posts

Header Ads Widget

आज पनि भूकम्प


पराकम्पन घट्दै छ : भूकम्पविद्
काठमाडौ, वैशाख २३ - बैशाख–१२ गते आएको महाभूकम्प पछाडि निरन्तर अाइरहेका भूकम्पका पराकम्पनहरु क्रमश:घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ४ भन्दामाथिको पराकम्पन एक पटक मात्र गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मंगलबार ४ माथिको पराकम्पन ३ पटक गएको थियो ।

भूकम्पविद् चिन्तन तिम्सिनाले ठूलो भूकम्प पछाडि स्वभाविक रुपमा आउने साना भूकम्पको झट्काहरु घट्दै गएको जनाए । २४ घण्टामा १ पटक मात्र ४ माथिको पराकम्पन हुनु बैशाख १२ यताको पहिलो पटक हो । बुधबार साँझ ६ बजेर २ मिनेटमा गोरखा सदरमुकाम आसपास केन्द्र बनाएर ४.२ रेक्टरको भूकम्प गएको तिम्सिनाले बताए । ‘मंगलबार साँझ ५ बजे पछाडि ४ माथिको भूकम्प गएको यो पहिलो हो,’ तिम्सिनाले भने–‘यसलाई सकरात्मक लिन सक्छौं ।’ सोमबार ४ माथिको ९ वटा पराकम्पन गएको थियो ।

Post a Comment

0 Comments