तर असन, पाटन लगायतका ब्यापारिक क्षेत्रमा गुठी संस्थानको जग्गामा बनेको घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र रहेको संस्थानका मुख्य प्रशासक नारायण चौधरीले जानकारी दिए ।
ब्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा भूमिसुधार तथा ब्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले पनि पाटन दरबार स्क्वायर क्षेत्रमा घरको भाडा अहिले पनि २५ रुपैयाँसम्म रहेकाले सम्झाइबुझाइ गरेर पनि प्रचलित कानूनअनुसार भाडा लिनुपर्ने बताए, नागरिक दैनिकमा खबर छ ।
राणाकै पालामा ‘बहाल बुझाएसम्म सन्तान, दरसन्तानसम्म भागचलन गर्नु’ भन्ने लेखिदिएकै भरमा उनीहरुले भोगचलन गर्दै आएका छन् । त्यसबापत संस्थानलाई मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म भाडा बुझाउने गरेको संस्थानका सहप्रशासक हेमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार त्यहाँको घर हेरी ६, १०, १५, २५ रुपैयाँसम्म संस्थानलाई उठ्ने गरेको छ । तर कतिपय सटरमा ब्यापार गर्नेले भने अहिले चलनचल्तीमा रहेको भाडा बुझाएका छन् । उनीहरुले बुझाएको रकम कसले उठाउँछ, कहाँ बुझाउँछ भन्नेसम्म जानकारी नभएको चोधरीले बताए ।
0 Comments