Breaking News

6/recent/ticker-posts

Header Ads Widget

धादिङमा ५.५ रेक्टरको पराकम्पन,

शुक्रबार बिहानै तीनवटा धक्का


१ जेठ, काठमाडौं । मंगलबारको भूकम्पपछि पराकम्पन जाने क्रम केही कम भए पनि रोकिएको छैन । शुक्रबार बिहान ७ बजेर २७ मीनेट जाँदा ५.५ रेक्टर स्केलको पराकम्प गएको छ ।

धादिङ जिल्लामा केन्द्रविन्दु रहेको भूकम्प मापन केन्द्रको रेकर्डमा देखिएको छ । बिहानै आएको भूकम्पको धक्का राजधानीबासीले पनि महसुस गरेका थिए । त्यसैगरी आजै बिहान ४ बजेर ६ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.३ रेक्टर स्केलको पराकम्प गएको थियो भने बिहान ३ बजेर ३८ मीनेटमा दोलखामै केन्द्रविन्दु भएको ४.१ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो ।

Post a Comment

0 Comments