Breaking News

6/recent/ticker-posts

Header Ads Widget

काग्रेस–एमालेले सहमतीय सरकारका लागि छलफल अघि बढाउने

  • चुनौती सामना गर्न बलियो सरकार आवश्यक

काठमाडौ, जेष्ठ ४ - प्रमुख सत्तारुढ दल काग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न अन्य दलरुसंग पनि छलफल चलाउने भएका छन् ।

महाभुकम्पपछिको चुनौती समाना गर्न अझ बलियो सरकार आवश्यक भएको धारणा संसदमा समेत उठिसकेको सन्दर्भमा दुई दलले यसबारे अब औपचारिक छलफल चलाउने सहमति गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह बसेको बैठकमा दुई दलले अन्य पार्टीहरुसंग सोमबारबाट छलफल अघि बढाउने र यो बिषयमा छिटो टुंगो गर्ने सहमति गरेका हुन् ।

‘संसदमा समेत यो कुरा उठिसकेको सन्दर्भमा हामीले अब सबै दलहरुसंगल छलफल गरी टुंगो लगाइहाल्नुपर्छ भन्ने कुरा भएको छ’ दुई दलीय बैठकमा सहभागी एमाले प्रमुख सचेतक अग्नि खरेलले कान्तिपुरसंग भने,‘ अन्य दलहरुसंग हामी तत्काल औपचारिक छलफल अघि बढाउछौ ।’ गत साता भएको संसदको बिषेश अधिवेशनमा काग्रेस , एमाले , एमाओवादी लगायतका दलका शिर्ष नेताहरुले नै यो बिषय प्रवेश गराएका थिए ।

पूर्वप्रधानमन्त्रीहरुले नै राष्ट्रिय सरकारले मात्रै संविधान निर्माण देखि विपतिपछिको अवस्थाको समाना गर्ने सामाथ्र्य राख्ने भन्दै सर्वदलीय सरकारको अवधारणा अघि सारेका थिए । भुकम्प आए लगत्तै बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले पनि सरकारलाई राष्ट्रिय स्वरुप दिने बिषय उठाएका थिए । त्यसपछि दलहरुबीच औपचारिक छलफल त भएको छैन । तर अनौपचारिक रुपमा एमाले, एमाओवादी लगायतका दलले आन्तरिक छलफल तिब्र बनाएका छन् । अन्य दलले छलफल अघि बढाएपछि शनिबार बसेको काग्रेस पदाधिकारी बैठकले पनि प्रधानमन्त्री कोइरालालाई यो बिषय छिटो अघि बढाउन सुझाव दिएको थियो । काग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का अनुसार अनौपचारिक छलफललाई बढी हुनु भन्दा यो बिषयलाई छिटै टुंगो लगाइहाल्नुपर्ने सुझाव नेताहरुले पार्टी सभापति समेत रहेको कोइरालालाई दिएका थिए ।

पछिल्लो समयमा राष्ट्रिय सहमतिको सरकार बनाउने बिषयमा एमाओवादी समेत सकारात्मक छ । संविधान नबन्दा सम्म सरकारमा नजाने घोषणा गरेको एमाओवादीले विपत्तिपछि परिस्थिति परिवर्तन भएको भन्दै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएको छ । पूर्वप्रधानमन्त्री समेत रहेको एमाओवादी नेता बाबुराम भट्टराईले संसदमा औपचारिक रुपमै यो बिषय प्रवेश गराएका छन् भने अध्यक्ष पुष्पकमल दाहाल एमाले लगायतका दलहसंग छलफल नै गरिरहेका छन् । स्रोतका अनुसार एमाले नेता माधव नेपाल लगायतसंग एमाओवादीले पटक पटक छलफल गरिसकेको छ । मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले पनि राष्ट्रिय सहमतिको सरकारले नै अहिलेको चुनौती समान गर्न सक्ने भन्दै छिटो बनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार विराटनगरबाट उनले यस्तो सरकार छिटो चाहिने भन्दै सबै दललाई सार्वजनिक आह्वान नै गरेका थिए । राष्ट्रिय सहमतिको सरकार बने यही मौकामा संविधान जारी गर्न पनि सजिलो हुने दलहरुले देखेका छन् । मुख्य दलहरु दुई ध्रुवमा विभाजित भएकाले नै संविधान निर्माणको गाठो फुक्न सकेको छैन । विपतिले दलहरुलार्य एक ठाउमा ल्याएको अवस्थामा यसलाई अवसरको रुपमा परिणत गर्दै संविधान निर्माणदेखि नवनिर्माणको बाटो तया गर्नुपर्ने नेताहरुको भनाई छ ।

Post a Comment

0 Comments